बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

सप्तरीबाट अपहरित बालक भारतबाट सकुशल मुक्त

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सप्तरी — सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ३ बाट अपहरित एक बालक सकुशल मुक्त भएका छन ।

- Advertisement -

१२ वर्षीय बालक लक्ष्मण यादवलाई अपहरणकारीले भारतको सितामढीअन्तर्गत सिवहर भन्ने ठाउँमा रहेको होटलमा लगी बेवारिसे छाडेकाे अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मामा भोलेन्द्र यादवको बिहेमा जन्ती गएका १२ वर्षीय बालक लक्ष्मण यादव अपहरणमा परेका थियो । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर-३, नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मण यादवको गत शुक्रबार राति त्यस गाउँपालिकामा जन्ती गएको बखत अपहरण भएको थियो । राजविराजस्थित ज्ञान ज्योति बोर्डिङ्ग स्कुलको कक्षा ३ मा अध्ययनरत बालक जन्ती आएको बेला अपहरण भएको थियो ।

- Advertisement -

स्थानीय ठकन यादवको छोरीको विवाहमा भोज खान गएकोमा त्यही रातिदेखि हराई बेपत्ता भएको  हुँदा खोजतलास गरिदिन जिल्ला प्रहरी कार्यालय सप्तरी महिला तथा बालबालिका सेवा केन्द्रमा परिवारले  निवेदन दिएको थियाे । अनुसन्धान तथा खोजतलास गर्दै जाँदा भारतबाट अपहरण मुक्त गराउन सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -