सगरमाथाको तीन हजार किलो फोहोर काठमाण्डौ र ओखलढुंगा ल्याइयो

spot_img

काठमाण्डौ – प्रत्येक वर्ष सयौंको संख्यामा नेपाली र विदेशीहरु सगरमाथा चढ्छन् ।

उनीहरुले पर्यावरण नै प्रदुषित पार्ने अक्सिजनका खाली भाँडा, ‘किचन’का फोहोर, वियरका बोतल फ्यालेर सगरमाथा नै फोहोर बनाएका छन । दशकदेखि सगरमाथामा प्लाष्टिकका बोतलको थुप्रै लागिसकेको छ । धेरै पर्वतारोहीहरु त्यही फोहोरलाई टेकेर सगरमाथाको चुचुरो पुग्ने गर्छन ।

अहिले नेपालले त्यही फोहोरलाई संकलन गर्ने कार्य सुरु गरेको छ । केही महिना अघिबाट सगरमाथा सफाईको सुरुवात भए पनि अहिलेसम्म तीन हजार किलो फोहोर संकलनन भइसकेको छ ।

४५ दिने सगरमाथा सरसफाई अभियानबाट अहिलेसम्म तीन हजार किलो फोहोर संकलन भएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले सुरु गरेको सगरमाथाको फोहोर संकलन कार्यबाट अहिलेसम्म तीन हजार किलो फोहोर संकलन गरिएको हो । फोहोर संकलन गर्न २३ मिलियन रुपैयाँ खर्च भएको उक्त गाउँपालिकाले जानकारी दिएको छ ।

संकलित दुई हजार किलो फोहोर नेपाली सेनाको हेलिकप्टरको सहायतामा ओखलढुंगा ल्याइएको छ भने एक हजार किलो फोहोर काठमाण्डौ ल्याइएको छ ।

हाम्रो टोलीले सगरमाथाको बेस क्याम्पसम्म पुगेर फोहोर संकलन गरेको छ । फोहोर संकलन गर्न जाने कामदारको लागि खाना, पानी तथा बासस्थानाको व्यवस्था गरिएको छ’, पर्यटन विभागका निर्देशक डण्डुराज घिमिरेले भने ।

spot_img

ताजा अपडेट

लोकप्रिय