Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

टिपरको ठक्करबाट १२ कक्षाको अध्ययनरत पुष्पाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुटवल, १९ वैशाख — टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका–१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो ।

उनी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस (ब्यबस्थापन संकाय) कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । उनी परीक्षा दिएर बुबासँग स्कुटरमा घर फर्किदै थिइन् । स्कुटर चालक घनश्याम भण्डारीको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ठक्कर दिने लु २ ख १९०३ नम्बरको टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने जनाएको छ ।

दोषिलाई तुुरुन्त कारबाहीको माग गर्दै अहिले सिद्धार्थ गौतमबुद्ध क्याम्पसका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।

दोषिलाई तत्काल पक्राउ गरी कारबाही नगरे सडक नै ठप्प पारेर थप आन्दोलन गर्ने नेविसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस इकाइ सभापति महेश शर्मा पौडेलले चेतावनी दिए ।

विद्यार्थीको प्रदर्शनले बुटवलको तामनगर क्षेत्रमा पूर्वपश्चिम राजमार्ग २ घण्टा अबरुद्ध भएको थियो ।

ताजा समाचार

थप समाचार