लेखकः मनाेज पटेल
नेपालमा बिभिन्न कार्यक्रमहरु घोषणा गर्ने परम्परा पुरानै हो । यस भन्दा पहिलाको सरकारले गर्दै आएको घोषणा कार्यक्रम नेकपाको सरकारले पनि निरन्तरता दिएको छ । केन्द्रिय सरकारले मात्र होइन् । प्रदेश सरकार तथा स्थानिय सरकारहरुले पनि बिभिन्न कार्यक्रमको घोषणा गरेका छन् । घोषणा गर्न जति सहज हुन्छ । कार्यवन्यन गर्न त्यती सहज भने हुदैन् । त्यस कारण घोषणा गरेका काम पुरा नगरेको भन्दै वेला बखत नेताहरु आलोचित हुदै आएका छन् । सन्दर्भ जोडन चान्छु । खुल्ला दिशामुक्त घोषणा कार्यक्रमको घोषणा त गरियो । तर त्यो घोषणा देखाउँटी र कागजी मात्र थियो भने कुरा सबै नेपालीलाई थाह छ । घोषणा कै कुरा गर्ने हो भने काठमाण्डौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले १०० दिनमा काठमाण्डौं शहरलाई अन्तराष्ट्रिय शहरको रुपमा विकास गर्ने घोषणा गरेका थिए । तर काठमाण्डौं कहाँ छ कसैसँग छुपेको छैन् ।
वीरगन्जका मेयर विजय सरावगीले पनि वीरगन्जलाई फोहर मुक्त शहर तथा डिजिटल शहरको रुपमा विकास गर्ने घोषणा गरेका थिए भने वीरगन्ज शहरलाई वाईफाई जोन बनाउँने दाबी गरेका थिए । तर डिजिट र वाईफाईको कुरा त परै जाओस बिग्रेको सिसिटिभि समेत परिर्वतन गर्न सकेनन् । नेकपाका नेता रघुविर महासेठ काठमाण्डौंमा खाल्टाखुल्टी नहुने घोषणा गरेका थिए । तर खाल्टा खुल्टी पुर्न त सकेनन् वरु थप धेरै खाल्टाखुल्टी गरेको जनताहरुले गुनासो गरे ।
मात्र देखावटी तथा सस्तो प्रचारवाचीको लागि नेताहरुले जनताको ताली सुन्नको लागि घोषणा गर्ने गरेको बिगत तथा अहिलेको नेताहरुको काम गराईबाट प्रष्ट देखिन्छ । इक्छा शक्ति भए असम्भव केहि छैन् । काम गर्न सम्भव छ तर खास गरेर नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ छाडेर उच्च मनोवलको साथ काम गर्नु पर्छ । जनताले बाचा गरेका कामहरु पुरा नगर्ने नेताहरुलाई जवाफ देहिताको कठघरामा उभ्याउँनु पर्छ । नेताहरुले जे पनि घोषणा नगरी सक्ने कामको मात्र सपना जनतालाई बाडने काम गर्नु पर्छ । भाषणमा ठूलो ठूला घोषणा गरी जनतासँग मुख लुकाउँनु भन्दा गरेको घोषणा पुरा गर्ने संस्कारको विकास नेताहरुमा हुन जरुरी रहेको प्रष्ट देखिन्छ । पुरानै सरकारको मन्त्री तथा नेताहरुले गरेको काम भन्दा अलि फरक गर्नु वेला भएको छ ।

