वीरगन्जमा फूलपातीकाे धुमधाम – फोटो फिचर

spot_img

वीरगंज,१८ असोज ।
देश भरी आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती आजबाट शुभारम्भ भएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई अहबान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

त्यसै गरिवीरगंजको गहवामाई मन्दिरको प्रङ्गनमा पर्सा जिल्लाका मालपोत,जिल्ला प्रशासन कार्यलाय पर्सा, शसस्त्र प्रहरी बल पर्सा,जिल्ला प्रहरी कार्यलाय पर्सा र सेना चण्डी प्रसाद गणबाट ल्याइएको फूलपाती भित्राउने परम्परा रहदै आएको छ ।

वीर्ता स्थित मालपोतबाट दशैँघरका पुजारीसहित नेपली सेना,शसस्त्र प्रहरी,वीरगंज माहानगरपालिका,मालपोत,जिल्ला प्रशासन कार्यलाय पर्सा सहीत स्थानीयहरुको सहयोगमा फलपाति ल्याउने परम्परा रहिआएको छ ।

वीर्ताबाट गहवामाईसम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, नेपाली सेना ,शसस्त्र प्रहरी,नेपाल प्रहरीको टोली ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक गानसहितको लावालस्करका साथमा फूलपाती ल्याइउको छ ।

आश्विन शुक्ल सप्तमीको दिनदेखि नै शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो थप बढ्ने गर्दछ । नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय