सन्तोष साह/वीरगन्ज,१ कार्तिक — नेपालको तराई अलगै राज्य हो भनि युद गर्दै आएका सीके राउत राजनीतिक मुलधारमा समावेस भैसकेपनि नेपालको तराई भाग भने आझै अलग राज्य नै हो भनि ‘अन रिप्रेजेन्टेडनेसन्स एंड पिपुल्स अर्गनाइजेसनमा दर्ज नै छ। त्यस लाई https://unpo.org/members/20426 मा देख्न सकिन्छ ।
शान्ति प्रक्रियामा आएका मानिएका सिके राउतले आज सम्मन पनि ‘अन रिप्रेजेन्टेड नेसन्स एंड पिपुल्स अर्गनाइजेसनको सुची बाट तराईलाई एउटा अलग देश हो भनि किन हटाएका छैनन् भन्ने ठुलो प्रश्न उब्जेको देखिन्छ।
नेकपाले ठुलै ताम झामक साथ सीके राउतलाई राजनीतिक मुलधारमा ल्याइएको झ्याली पिटे पनि यस्तो कुरालाई ध्यान नदिए ठुलै बिद्रोह हुनेसक्ने बिज्ञहरुकाे भनाइ छ ।
कुनै पनि भूभागलाई देशहुनका लागि चार वटा निम्न ‘अन रिप्रेजेन्टेडनेसन्स एंड पिपुल्स अर्गनाइजेसनको मापदण्ड पुरा गर्नुपर्ने हुन्छ
१ स्थाई जनसंख्या
२ परिभाषित क्षेत्र
३ परिभाषित क्षेत्रको आफ्नै सरकार
४ त्यस क्षेत्रको सरकारमा अरु राज्य संग सम्बन्ध बनाउने क्षमत हुनुपर्ने
जस मध्ये तराईमा स्थाई जनसंख्या र परिभाषित क्षेत्र भएको हुनाले पहिलो दुइटा मापदण्ड स्वत: पुरा भएको छ ।
बिज्ञका अनुशर सिके राउत राजनीतिक मुलधारमा समावेस भएपनि आगामी दिनमा तेस्रो मापदण्ड पुरागर्न र आफ्नै सरकार बनाउने तरखरमा देखिएका छन्, जसलेगर्दा तराईको भूभाग आन्तरिक बिद्रोहको चपेटमा पर्नासकेने प्रवल सम्भावना देखिएको छ ।
यसरी नेपाल सरकारले सस्तो लोकप्रियताको पछि नलागेर तराईको बिषयमा सम्लोचना गर्न बिज्ञहरुको भनाई रहेको छ ।
यसमा पनि तराई केन्द्रित राजपा लगायतका पार्टीहरुले पटक पटक सरकारले संविधान संसोधन नगरे तराई अलग राज्य हुन सक्ने वताउँदै आएका छन् । राजपाका संयोजक महन्त ठाकुरको पछिल्लो अभिव्यक्तिहरुले सिकेसँग तालमेल गर्न सकिने संकेत देखाएको छ ।
त्यसतो भएको खण्डमा सिके राउतको अन्दोलनलाई थप बल पुग्ने देखिन्छ । राउतले सरकारले जनमत संग्रह गराउँने वाचा गरेको कारण अफुले सम्झौता गरेको भए पनि मधेश स्वराजको मुदा अहिले पनि हाम्रो मेन बटम लाईन रहेको वताउँर्दै आएको छ ।
उनले सरकारले जनमत संग्रहको लागि कानुन बनाउँन ढिलाई गरी रहेको पनि आरोप लगाउँने गरको छन् । सिके राउतको पछिल्लो समाजिक सञ्जालमा आएका अभिव्यक्तिहरु हेर्दा पनि उनी पुरानै लाईनमा कायम रहेको प्रष्ट देखिन्छ । सरकार भने सिके राउतलाई राजनितिक मुलधारमा ल्याउँन सफल रहेको नक्कली व्यानवाजी गरेको देखिन्छ ।

