तराईले गुमाउँदै आफ्नो पर्व र सस्कृति यस बर्ष झिझियाको रौनक देखिएन्

spot_img

सन्तोष साह/ वीरगन्ज ३ कार्तिक – नेपालको तराई भुभागमा मनाइने थुप्रै पर्वहरु हराउने क्रम बढेको छ । तराईको मधेशी समुदायले मनाउँदै आउने झिझिया, भैयादुज,समाचकेवा जस्ता थुप्रै पर्वहरु हराउँदै गएको देखिएको छ । यसरी तराईको भुभागबाट मधेशीहरुको पहिचान गराउने र सस्कृति चिनाउने पर्वहरु लोप हुदै गर्दा भारतीय पर्वहरुले भने मधेशको भुभागमा कब्जा जमाउदै गरेको देखन सकिन्छ । भारतमा मात्र मनाइने ‘रावण दहन’,‘करबा चौथ’ ब्रत, जस्ता पर्वहरु नेपालमा मनाउनहरुकोे क्रम बढ्दो देखिएको छ ।

यसअघि भारतको राजस्थान, पञ्जाव, उत्तर प्रदेशसहितका ठाउँमा करबा चौथ पर्व यसअघि मनाइँदै आएकोमा पछिल्लो समयमा तराई/मधेशका जिल्लाहरुमा पनि यो पर्व मनाउने चलन बढ्दै गएको र पर्व मनाएको भन्दै सामाजिक संजालमा फोटो पोष्ट गर्ने महिलाहरुको संख्या पनि उतिकै देखन सकिन्छ ।

यसरी मधेशमा अर्काको संस्कृति भित्रीदा मधेशका कैयौँ सस्कृतिहरु लोप हुने सम्भावना बढेको छ । भारतीय सस्कृतिलाई मधेशीहरुले अपनाउनु भारतीय फिल्महरुको पनि प्रभाव प्रवल देखिन्छ । जसरी भारतीय फिल्म हेरेरै दिदी बहिनीले दाजुभाईलाई राखी बाँध्ने गरेको चलन मधेशमा भित्रियो तयसरीनैं करुवा चौथ पर्व पनि फिल्म तथा हिन्दी सिरियलकै कारण विस्तार भइरहेको विज्ञहरु बताउँछन् ।

 

यस बर्ष तपाईमा दशैंमा गरिने झिझिया नृत्य तथा गीतको रौनक देखिएन् । दशैंमा दश दिन सम्म तराई क्षेत्रमा परापुवाकाल देखि नै झिझिया नृत्य हुदै आएकोमा यस बर्ष बारा,पर्सा,रौतहट लगायतको क्षेत्रमा खासै झिझियाको रौनक देख्न पाएनन् । बढदो टिभि सिरियल तथा देखावटी वह्य सस्कृति नेपालको तराई क्षेत्रमा पनि हाबी हुन थालेको बुढापखाहरुको भनाई रहेको छ । भोजपुरी क्षेत्रमा खास गरेर भारतिय हिन्दी चलचित्र तथा सिरियलहरुको प्रभाव बढन थालेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय