शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...

रूसी सेनामा रहेका नेपालीका...

काठमाडौँ,०७ वैशाख । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् ।...
29.1 C
Kathmandu
41 C
Birgunj

गढीमाई मेलामा खुलेयाम अर्धनग्न नृत्य प्रदर्शन ,आर्केस्टा संचालनमा छुट दिन प्रहरी प्रशासनले लाखौं रकम खाएको आरोप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेपाल पोष्ट संवाददाता / बरियारपुर १४ मंसिर — बिश्व प्रसिद्ध गढीमाई मेलामा प्रहरी प्रशासनकै संरक्षणमा आर्केस्टा तथा थिऐटरहरुमा नाङ्गो नृत्य प्रदर्शन भइरहेको छ । गढीमाई मेलाको मौलिकतालाई नै प्रभाव पार्ने गरी बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र्रमणी पोखरेल तथा प्रहरी उपरिक्षक विकासराज खनाललाई मोटो रकम नजराना कटराएर नाङ्गो नृत्य देखाउँने प्रबन्ध मेला मुल व्यवस्थापन समितिले बन्दोवस्त मिलाएको छ । मेलामा एक दर्जन भन्दा बढीको हाराहारी आर्केस्टा तथा थिऐटरहरु संचालनमा रहेको छ ।

- Advertisement -

मेलाको बतावरणलाई विगार्ने गरी अश्लिल गित तथा नृत्य आर्केस्टा तथा थिऐटरहरुमा प्रदर्शन भइरहेको छ । एकान्तमा पनि सुन्न नसकिन्ने गीत खुल्याम रुपमा ठूला(ठूला लाउड स्पीकार मार्फत मेला भरी गुजिन थाले पछि मेला हेर्न आएका आम सर्वसधारण नै लज्जित हुने अवस्था आएको स्थानिय सचेत नागरिकहरुको भनाई रहेको छ ।

त्यता गित संगितका कारण खास गरी महिला तथा वालवालिकाहरु असहज भइरहेको छ । दर्शकलाई आशर्षित गर्नको लागि आर्केस्टा संचालकहरुले भित्र र वाहिर दुवै ठाउँमा लाउड स्पिकर तथा हर्न बजाएको छ । त्यती मात्र होइन मेलामा नृत्य देखाउँन आएका कालाकारहरु दिउँसो तथा वेलुका फर्सदको समयमा देह व्यापारमा पनि समलग्न भइरहेको स्रोतको दावी छ । उनीहरुले गर्ने हरेक खाले क्रियाकलापको व्यवस्थापन मेला समितिले मिलाएको एक जना समिति कै पदाधिकारीले नाम नछाप्ने सर्तमा नेपाल पोष्ट डेलीलाई बताए । अधिकाशं आर्केस्टा तथा थिऐटरहरुमा मेला मुल व्यवस्थापन समितिकै पदाधिकारीहरुको लगानी रहेको स्रोतको दावी छ ।

- Advertisement -

गढीमाई मेलालाई कमाउँनको लागि मात्र व्यवस्थापन गरिएको बरियारपुरवासीको भनाई रहेको छ । यस भन्दा पहिलाको बर्षहरुमा पनि आर्केस्टाहरु आएको भए पनि अलि सभ्य कार्यक्रमहरु मात्र प्रस्तुत गर्न इजाज्त दिएको तथा उनीहरुको लागि मेला भन्दा अलि पर छुटै जग्गाको व्यवस्थापन गएको स्थानियहरुको भनाई रहेको छ । तर यस पटक मन्दिर छेवमै रेश्मा थिऐटरमा नाङ्गो नृत्य प्रदर्शन भइरहेको छ । मुख्य मन्दिर नजिक मात्र होइन । व्रह्म स्थानको नजिकै माँ वैष्णो देवीको प्रतिकात्मक मन्दिर छेवमा पुजा आर्केस्टा संचालनमा रहेको छ ।

आर्केस्टा तथा थिऐटर संचालन हुने गरेको क्षेत्रको माहौल नै अश्लिल रहेको मेला आएका एक जना दर्शनार्थी सोहम कलवारले वताए । नाङ्गो नृत्य अवेर राती शुरु भए पछि नृत्याङ्गनाहरुलाई प्रहरीले नै सुरक्षा दिने गरेको छ । उनीहरुलाई सुरक्षित गर्नको लागि स्टेजको वरिपरि पोखरी खनिएको तथा नाङ्गो तारमा बिद्युत समेत प्रवाह गर्ने गरिएको वताइएको छ । हरेक राती आर्केस्टा तथा थिऐटरहरुमा मारपिट तथा झै झगडा हुने गरेको छ । अवस्था विग्रे पछि प्रहरीले लाठी चार्ज गरी अवस्था समान्य पार्ने गरेको छ ।

आर्केस्टा संचालकहरुका अनुसार सम्पूर्ण सुरक्षाको जिम्मेवारी स्थानिय प्रशासनले लिएको छ । त्यती मात्र होइन मेला हेर्न आउँने दर्शनार्थीको सुरक्षा भन्दा पनि बढी चिन्ता प्रहरीलाई आर्केस्टाको रहेको छ । रात परे पछि प्रहरीहरु सुरक्षा दिनु पर्ने भन्दै मेलाको सम्पूर्ण सुरक्षालाई लत्याएर आर्केस्टा तथा थिऐटरहरुमा हुने गरेको नृत्य हेर्नमै व्यवस्थ रहने गरेका छन् । आर्केस्टा तथा थिऐटरकै कारण रात परे पछि बजारमा प्रहरीको उपस्थिती न्युन हुने गरेको छ ।

अन्य कार्यक्रममा वारामा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय नै आर्केस्टा नृत्यमा रोक लगाएको भए पनि मेला अवधि भरीका लागि माल खाएर छुट दिएको छ । मेलामा पुजा एण्ड सन्नी थिऐटर,राज थिऐटर,रेश्मा एण्ड करिसमा थियेटर,न्यु धमाल आर्केष्टा थिऐटर,राजधानी आर्केष्टा ग्रुप,राज आर्केस्टा लगायतको सना तथा ठूला गरी भारतको युपी देखि बगांल सम्मको एक दर्जन भन्दा बढीको संख्यामा आर्केस्टा तथा थिऐटर ग्रुपहरु आएका छन् ।

वाराका प्रहरी प्रमुख विकाशराज खनालले मेलामा मनोरञ्जनको लागि मेला समितिको अनुरोधमा सभ्य कार्यक्रमहरु गर्न दिएको भए पनि अश्लिल तथा भल्गर गित संगित बजाउन नृत्य प्रदर्शन गर्न छुट नदिएको दावी गरेका छन् । उनले मेलाको वातावरण बिगार्ने प्रयास कहिकतैबाट भए सह्य नहुने बताउनु भयो । मेला मुल व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहाका अनुसार वाहिरबाट आएका आन्तुकहरुको सहजतालाई ध्यानमा राखेर सभ्य किसिमको कार्यक्रम गर्न व्यवस्थापन गरिएको छ । राती वास स्थानको अभाव हुने भएको कारण वाहिरबाट आएका दर्शनार्थीहरु आर्केस्टा तथा थिऐटरमै मनोरञ्जन गरी समय बिताउँने गरेको तथा सोही पंडालमा रात काटने गरेकोले यसलाई सकारात्मक रुपमा लिनु पर्ने महासचिव कुशवाहाको भनाई छ ।

आर्केस्टा तथा थिऐटरमा मेला समितिको कुनै पदाधिकारीहरुको लगानी नरहेको उनले दावी गरेका छन् । यता वाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले अश्लिल गित संगित बजाउँन तथा मेलाको वातावरणलाई विगार्न कसैलाई अधिकार नभएको वातउँदै वाहिर लगाइएको आर्केस्टा तथा थिऐटरहरुको लाउड स्पिकर हटाउँन लागाउँने वातउँनु भयो । उनले हल्का मनोरञ्जनको कार्यक्रम दिन छुट दिएको भए पनि असभ्य गतिबिधि भए रोक लगाइने वताउनु भयो । खुल्याम रक्सी पसल तथा आर्केस्टा संचालनले मेलाको साखलाई नै गिराएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार