बारा,५ पुष — बाराको आदर्श कोतवालकाे जयनगर चिवटाहामा रहेको श्री राम जानकी मन्दिर करिब ६५ वर्ष पुरानो छ । यो मन्दिरको इतिहास पनि तेतिकै रोचक रहेको छ।
आज भन्दा करिब ६५ वर्ष पहिले राम चरित्र प्रशाद जैसवार भन्ने जमिन्दारको कुलमा सन्तान नहुंदा उनले मन्दिरको लागि ३९ बिघा जमिन दान गरि मंदिर बनाएका थिए । तेसै गरि उनले ५५ बिघा जमिन स्कूलको नाममा दान गरि बनाएका थिए।
मन्दिरको इतिहास रोचक रहेको छ । बाराको धरोहरको रुपमा स्थापित रहेको मन्दिर पछिल्लो पटक राजनिति तथा रामरचिरित्र जौश्वारकै भारदारहरुको कारणमा ओझेरमा परेको छ । प्रचार प्रसारको अभावमा मन्दिरको पुरातात्विक महत्वहरु आज पनि उजागर हुनु सकेको छैन् । ।
रामचरित्रको चरित्र जे जेस्तो होस भए पनि उनी महान दानविर तथा विकासवादी शिक्षा प्रेमी व्यक्ति थिए भने कुरामा कसैको दुईमत हुन सक्दैन् । उनले आफ्नो एकल प्रयासमा गाउँमा मन्दिर स्कुल तथा अस्पताल स्थापना गरेका थिए र आफ्नो श्रीसम्पती दान दिएका थिए । सो क्षेत्रकै सबै भन्दा ठूलो स्कुलको रुपमा चिन्हिने रामचरित्र उच्चमाविलाई कसैले अवमुल्यन गर्न सक्दैन् । सो क्षेत्रमै सिम्रौनगढमा मात्र स्कुल रहेको समयमा उनले जयनगर चिउटाहा मै एकल प्रयासमा सुविधा सम्पन्न स्कुल निर्माण गर्न लगाएका थिए । 
उनले बनाएका विरासत अहिले ओझेलमा मात्र परेको छैन्, जिर्ण भएको छ । मन्दिरका भित्ताहरु फुटन थालेका छन् भने मन्दिर वरिपरि रहेका धर्मशालाहरु जिर्ण भएको छ ।
मन्दिरका फुलवारी अतिक्रमणको चपेटामा परेको छ । स्कुल पनि राजनितिक अखेडा बनेको छ । अस्पतालको सेवा स्तरउन्नती हुन सकेको छैन् । स्थानिय सरकार मौन छ उनका भारदारहरुलाई पनि कुनै मतल्ब छैन् ।
मन्दिरको संरक्षण,विकास तथा प्रचारप्रसार भए यो मन्दिरमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्शित गर्न सकिनेमा स्थानियहरु एकमत रहेको भए पनि सम्बन्धित कुनै पक्षले ध्यान दिन नसकेको स्थानियहरुको नेपाल पोष्ट डेलीलाई गुनासो पोखे । जयनगरको पहिचानसँग जोडिएको बिषयमा सम्बन्धित सबै पक्षको ध्यान पुग्न जरुरी रहेको देखिन्छ ।









