spot_img

नेकपाका लागि तीन विकल्प

spot_img
spot_img

प्रतिनिधीसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे चर्चाको शिखरमा छिन् । निर्वतमान सभामुख कृष्णबहादुर महराको निम्लबन पश्चात रिक्त रहेको सभामुख पदमा उनले दाबीे गरिरहेकी छिन् । सभामुखको निर्वाचन गराउन उपसभामुखले राजिनामा दिएको हुनुपर्छ । नेकपाको पछिल्लो बैठकको निर्णय अनुसार उनलाई उपसभामुख पदबाट राजिनामा गरी सभामुख निर्वाचनको बाटो खुल्ला गरिदिन भनिएको छ । तर, उनले नेकपाको निर्णय अस्विकार गर्दै आएकी छिन् । आफुलाई सभामुख बनाए मात्रै उपसभामुखको पद त्याग गर्ने डा. तुम्बाहाम्फेको अडान छ ।

नेपालको संविधान २०७२ बमोजिम सभामुख पदका लागि चाहिने योग्यता अनुसार आफु योग्य रहेको भन्दै उनले नेकपा सचिवालयको निर्णय अस्विकार गरेकी हुन् । राजनितीक शास्त्रमा पिएचडीसम्मको अध्ययन गरेकी उनको कुनै अपराधिक पृष्ठभुमी छैन । यस अर्थमा उनी सभामुख पदका लागि योग्य छिन् । झन् उपसभामुख भएकी उनी नैतिकताका आधारमा पनि सभामुख हुनै पर्छ । तर, नेकपाको पछिल्ला गतिविधीहरु नियालेर हेर्दा डा. शिवमायालाई सभामुख बनाउने देखिँदैन ।

सभामुख पद आफुसँग सुरक्षित राख्न पनि नेकपाले उपसभामुखबाट राजिनामा गर्न डा. तुम्बाहाम्फेलाई आग्रह गर्दै आएको छ । सचिवालयको निर्णय नमाने उनलाई पदबाट हटाउने तीनवटा विकल्प नेकपा समक्ष छ । तीमध्ये पहिलो विकल्प उनैलाई सभामुख बनाउने निर्णय गर्ने र राजीनामा गराउने हो । नत्र समानुपातिक सांसदको सूचीबाट उनको नाम हटाउन पार्टीले निर्वाचन आयोगलाई पत्र लेख्ने । अन्तिम विकल्प चाहिँ महाअभियोग हो । तुम्बाहाम्फेले आफूलाई महाअभियोग लगाएर हटाउनसमेत चुनौती दिइसकेकी छन् ।

यि विकल्पहरु मध्ये उनैलाई सभामुखमा निरन्तरता दिँदा नेकपाका लागि फाईदाजनक हुन सक्छ । उनैलाई निरन्तरता दिने हो भने सभामुख पद पार्टिसँग रहि रहन्छ । सँगसँगै महिला सशक्तिकरणको सन्देश फैलिन पनि समय लाग्दैन । र, दिनानुदिन स्थगीत भईरहेको संसद बैठकले निरन्तरता पाउँछ । अन्य दुई विकल्प नेकपा सरकारका लागि लाभकारी देखिँदैन । डा. तुम्बाहाम्फेलाई अधिराज्यभरिका महिला सञ्जालको समर्थन छ । यदि अन्तिम दुई विकल्प सरकारले छनोट गर्यो भने महिला आन्दोलनलाई सोझै निमन्त्रणा गरेको प्रतित हुनेछ । संविधान अनुसार उपसभामुख कति बेला पदमुक्त हुनसक्छ भन्ने मतलब नराख्ने र उपसभामुख तुम्बाहाङ्फेलाई एकोहोरो ‘राजीनामा देऊ कि देऊ’ भन्दै दबाबमा राख्ने नेकपा पुरुषालयले लोकतन्त्रलाई होइन, दलतन्त्रलाई नै बलवान् बनाइरहेको छ । महिला सशक्तिकरणका विभिन्न उपाय अपनाई रहेका बेला सभामुखमा डा. तुम्बाहाम्फेलाई निरन्तरता दिँदा सकारात्मक सन्देश प्रवाह हुने देखिन्छ ।

यदि डा. तुम्बाहाम्फेलाई निरन्तरता दिने हो भने अदुरदशी निर्णय, अपुग श्रोत तथा लापरवाह व्यवस्थापनका कारण पछिल्लो समय आलोचनामा घेरिएको दुई तिहाईको शक्तिशाली सरकारले गुमाईसकेको लोकप्रियता हासिल गर्ने मौका हुन सक्छ । तर, उनलाई निरन्तरता दिँदा दुईतिहाईको सरकार उपसभामुखका अगाडी निरीह बन्यो भनेर सन्देश प्रवाह हुने पो हो की भन्ने डर पनि नेकपाका नेताहरुमा समाएकै हुनुपर्छ । पुषको पहिलो साता सुरु हुनुपर्ने बैठक अझै सुरु नुहनु दुई तिहाईको दम्भ देखाउने सरकारको असफलताको कारक हो ।

योग्यता तथा नैतिक्ताका आधारमा सभामुखमा डा. शिवमाया तुम्बाहाम्फेलाई निरन्तरता दिने निर्णय दुई तहको दम्भ भएको नेकपा सरकारका लागि लाभकारी हुन सक्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय