spot_img

नेपाल प्रहरीले संस्कार सिक्न आवश्यक !

spot_img
spot_img

पछिल्लो समय भ्वाईस अफ नेपाल सकिए पश्चात सेलाएकी गायिका आस्था राउत फेरी चर्चाकी पात्र बनेकी छिन् । विगत केही दिन देखि गायिका राउत र विमानस्थल प्रहरीबिच जुहारी नै चलेको छ । गत माघ २ गते कार्यक्रमको सिलसिलमा त्रिभुवन विमानस्थलमा आफुमाथि प्रहरीद्धारा अभद्र व्यवहार भएको भन्दै उनले फेसबुकमा लाईभ भिडियो साझा गरेपछि उनी हाल चर्चामा छिन् ।

उनका अनुसार विमान उड्ने समय भईसक्दा पनि आफुलाई प्रहरीले चेकिङ्गका नाममा अभद्र व्यवहार गरेको हो । अन्र्तराष्ट्रिय कलाकारको आगमन हुँदा सःसम्मान स्वागत गर्ने नेपाल प्रहरीले आफुलाई ‘तँ’ भनेर सम्बोधन गरेको र चेकिङ्ग का नाममा दुःख दिएको बताएकी छिन् । विमास्थलको भिडियो सार्वजनिक भईसकेको अवस्था छ । तत्कालिन समयमा विमानस्थलमा कार्यरत प्रहरीले आस्थाविरुद्ध जाहेरी दर्ता गराएकी छिन् । गायिका आस्थालाई पक्राउ गर्न काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ ।

गल्ती आस्था एक्लैको हो त ? एक हातले ताली नबजेझैँ यहाँ पनि गल्ती उनी एक्लैको पक्कै नहोला । तत्कालिन समयमा विमानस्थलमा कार्यरत प्रहरी अधिकारीको केही न केही गल्ती हुनुपर्छ । वास्तवमा आम नेपाली जनतालाई तँ भनेर सम्बोधन गर्ने नेपाल प्रहरीको रवैयाको विगतमा पनि विरोध नभएको होईन । मानिसको हाउभाउ, भाषा तथा पहिरनको आधारमा सम्मान गर्ने संस्कृतिबाट नेपाल प्रहरी पनि अछुतो रहन नसकेको अवस्था छ । मुस्कान सहितको सेवा दिने संकल्प बोकेको नेपाल प्रहरीले आम जनतालाई तँ भनेर सम्बोधन गर्नका लागि नै होला प्रहरी मेरो साथी अभियान ल्याएको ।

चलनचल्तीमा साथीलाई नै तँ भनेर सम्बोधन गरिन्छ । उच्चपदस्थ अधिकारी, अन्र्तराष्ट्रिय कलाकार तथा नेताको आगमनमा, यहि नेपाल प्रहरीको नम्र व्यवहार पनि नदेखिएको हैन । कानुन र विधान सबैका लागि समान भएको खण्डमा नेपाल प्रहरीले जनताका लागि प्रयोग गर्ने भाषा तथा आदरमा किन असमानता ? देशको एकमात्र विमानस्थलबाट ३३ किलो भन्दा बढी मात्रामा सुन भित्रिएपछि सुरक्षा व्यवस्थामा भएको कडाई स्वागतयोग्य छ । तर, सुरक्षा चेकजाँचका नाममा जनतामाथि दुव्यर्वहार हुन्छ भने नेपाल प्रहरीको कमजोरी स्पष्ट छ ।

आस्था राउत, एक आम नेपाली नागरिक मात्र नभएर देशकी गहना पनि हुन् । उनी विमानस्थल पुग्दा आम नेपाली नागरिकझैँ व्यवहार हुन पर्छ भन्ने विषयमा कुनै दुई मत छैन । तर, ‘तँ’ बाहेकका उच्च आदरका भाषा प्रयोग गरिएको भए सायद मामिला यति गम्भीर हुने थिएन । गायिका राउत अहिलेकी चर्चित गायिका मध्येकी एक हुन् । राज्यले कलाकारलाई राष्ट्रको गहना घोषणा गरिसकेको अवस्थामा आफ्नै देशमा- आफ्नै देशका कलाकारमाथि भएको दुव्र्यवहारले देशको प्रमुख सुरक्षा अंगले कलाकारको सम्मानलाई कति प्राथमिक्तामा राखेको छ भन्ने विषय स्पष्ट हुन्छ ।

केही महिना अगाडी पनि केन्द्रिय विमानस्थलमा पुर्व युवराज पारस शाह नेपाल प्रहरीका एक जना हवल्दारमाथि जाई लागेका थिए । हवल्दारमाथि जाईलाग्दा पनि पुर्वयुवराज पारसका विरुद्ध न अनुसन्धान नै भयो न पक्राउ पुर्जी नै जारी भयो ।

नेपाल प्रहरीले अझै आफुलाई संस्कार सिकाउन आवश्यक छ । भाषा, पहिरन तथा पदका आधारमा गरिने व्यवहार यथाशिघ्र नेपाल प्रहरीले त्याग्नैपर्छ । नियम, कानुन, विधान, ऐन सबैका लागि समान छन् भने आदर र व्यवहारमा किन असमानता ?

spot_img

ताजा अपडेट

लोकप्रिय