नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साको आयोजनामा वीरगञ्जमा क्यान ईन्फोटेक २०२० जारी छ । प्रदेश स्तरिय क्यान ईन्फोटेक दोस्रो पटकका लागि वीरगञ्जमा आयोजनामा भईरहँदा यस जिल्ला तथा प्रदेशका लागि गौरवको विषय हुनुपर्दछ ।
नेपालमा सुचना प्रविधीको क्षेत्रले खासै फड्को मार्न नसकिरहेको बेलामा आयोजना हुने यस्ता मेला तथा सभाहरुले सुचना प्रविधीको विकासमा टेवा पुर्याइरहेको छ । वीरगञ्जमा आयोजना भईरहेको क्यान आईटि मेलाले नेपाल तथा यस क्षेत्रका सुचना प्रविधी क्षेत्रमा लागेका विज्ञहरुको उत्थानमा उल्लेख्य भुमिका निर्वाह गरेको छ ।
सन् १९९२ बाट सक्रिय भएको क्यान महासंघले हाल अधिराज्यभरि नै अग्रसरताका साथ काम गर्दै आएको छ । क्यान महासंघले नेपाल भरि सुचना प्रविधीको क्षेत्रमा उत्थान तथा विकासमा टेवा पुर्याउने उदेश्यले क्यान ईन्फोटेकको आयोजना गर्दै आएको छ । क्यान ईन्फोटेकमा सुचना प्रविधीसँग सम्बन्धीत भएका संघसंस्थाहरुको स्टल राखिन्छ । सँगसँगै नेपालभरि छरिएर रहेका रोबोटीक्स्का धिार्थीहरुको रोबोट शो मुख्य आकर्षणका रुपमा राखिन्छ । स्थानिय व्यापारलाई प्रवद्र्धन गर्न पनि क्यान ईन्फोटेकले उल्लेख्य भुमिका निर्वाह गरेको छ । भविष्यमा सुचना प्रविधीमा लाग्न चाह्ने विधार्थीहरुका लागि अध्ययनका लागि प्रमुख केन्द्र बन्दै गएको छ ।
उत्कृष्ट व्यवस्थापन, आकर्षक स्टल र लोभ्याउने प्रस्तुतीहरुले क्यान ईन्फोटेकमा अवलोकनकर्ताहरुको भिड हुनुपर्ने थियो । क्यान ईन्फोटेक २०२० को दोस्रो दिन सम्पन्न भईरहेको अवस्थामा क्यान ईन्फोटेक पर्साले अवलोकनकर्ताको प्रतिक्षा गरेको महशुस भयो । वीरगञ्ज र यस आसपासका क्षेत्रका लागि बिल्कुलै नयाँ परिवेशको कार्यक्रम भएर पनि होला अवलोकनकर्ताहरुको भिड पुग्न सकेको छैन ।
क्यान ईन्फोटेक पर्साले अवलोकनकर्ताहरुलाई लोभ्याउन सामाजिक सञ्जाल तथा सहरमा विशेष पहल गरेपनि यस क्षेत्रका दर्शकहरु पुग्न नसक्नु सोचनिय छ । कार्यक्रम उत्कृष्ट हुँदैछ, तसर्थ अवलोकनकर्ताहरुलाई बुझाउन आवश्यक पहल हुनुपर्दछ । क्यान ईन्फोटेक विशेषतः विधार्थीहरुका लागि भएको हुनाले विधालय तथा कलेजमा प्रचारप्रसार गरिनु पथ्र्यो ।
नेपालमा क्यान ईन्फोटेक जस्तो सुचना प्रविधीको समग्र क्षेत्रलाई नै फस्टाउन लागिपरेको कार्यक्रममा राज्यको संलग्नता हुनुपर्दछ । सरकारको सुचना तथा प्रविधी मन्त्रालयले सरकारको सुचना सम्प्रेषण बाहेक केही काम गर्न नसकेको अवस्थामा निजी क्षेत्रले यस्तो कार्यक्रम गर्नु स्वागतयोग्य छ ।




