बीरगन्ज, ३ चैत्र – पर्सा प्रहरीले सोमबार ठूलो परिमाणमा छोकडा बरामद गरेको छ । करिब २३ लाख ५० हजार मुल्य बराबरको ३५ सय किलो छोकडा बरामद गरिएको पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको टोलीले सो परिमाणको छोकडा बरामद गरेको हो ।
बीरगंज महानगरपालिका वडा नं. १६ मा बेवारिसे अवस्थामा फेला परेको ना ५ ख ८४८१ नं.को मिनि ट्रकमा लोड रहेको छोकडा प्रहरी बरामद गरेको जनाएको छ ।
बरामद छोकडा र ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

