बीरगन्ज, ३ चैत्र – सांसद प्रदिप यादवले सोमबार पर्सा क्षेत्र नं. १ को पटेल नगरमा छठघाटको शिलन्यास गरेका हुन् । यादवले बीरगन्ज महानगरपालिका वडा नं. २१ पटेल नगरस्थित १० लाखको लागतमा निर्माण हुन लागको छठ घाट शिलन्यास गरेका हुन् ।
आफ्नो संसदीय कोषबाट यादवले सो निर्माण कार्यका लागि १० लाख प्रदान गरेका हुन् ।
शिलन्यास कार्यक्रममा वडा नं .२२ का अध्यक्ष ग्याँसुदीन मियाँ, समाजवादी पार्टीका क्षेत्रीय सचिव राधाकिशन रौनियार, नगर उपाध्यक्ष सेख रुस्तम, वडा न.२१ का एकाई अध्यक्ष निरन्जन पटेल, लगायतको उपस्थिति रहेको थियो ।
नारायणी अस्पतालको अनुगमन
यसैबीच, सांसद यादवले सोमबार नै नारायणी अस्पतालको अनुगमन गरेका छन् । अस्पतालको स्थलगत अनुगमन गर्दै कोरोना संक्रमितको उपचारका लागि गरिएको पुर्व तयारीको बारेमा अस्पताल प्रमुख सँग जानकारी लिएका हुन् ।
निरिक्षणका क्रममा आइसोलेशन वार्ड फोहोर र दुर्गन्धित देखेपछि सांसद यादवले तत्कालै सरसफाइ गरेर वार्डलाइ सफा–सुग्घर र स्वच्छ बनाउन अस्पतालका मेसु डाक्टर मदन उपाध्यायलाई निर्देशन पनि दिए ।

