घरमा रहँदा पढ्नलाई पुस्तक पाइएन भने के गर्ने ? किताब पाउने कसरी? इन्टरनेटमै सजिलै किताब पाइने दुई साइट यी हुन्ः
नेपाली र अंग्रेजी साहित्यका लागि ई-पुस्तकालय
यो साइटमा नेपाली र अंग्रेजी भाषाका विभिन्न किताब उपलब्ध छन्। तर यसको मूल लक्ष नेपाली किताब नै हुन्। यो साइटमा तपाईंले नेपाली साहित्यका चर्चित पुस्तकहरू पाउन सक्नुहुन्छ। यो लिंकमा क्लिक गरेपछि किताबहरू वर्गीकरण गरिएको पेजमा सोझै पुगिन्छ। सर्च अप्सनबाट खोजेका लेखक वा किताबको नाम (नेपाली भए युनिकोडमा) टाइप गरेपछि सजिलैसँग भेटिन्छ। उक्त लिंकमा क्लिक गरेपछि त्यो पुस्तकको जानकारी विवरण आउँछ। त्यहाँ देखाइएको Read Book अप्सनमा क्लिक गरेपछि पिडिएफ रूप डाउनलोड हुन्छ।
६०८ वटा नेपाली साहित्यका, ५३० वटा नेपाली बाल साहित्यका, १४९४ वटा अंग्रेजी साहित्यका गरी ६ हजार ८४५ वटा पुस्तक समावेश यो साइटमा नेपाली साहित्यिक पत्रिकाहरू पनि उपलब्ध छन्।
अंग्रेजी एवं अन्य पुस्तकको भण्डार पिडिएफ ड्राइभ
यो साइटमा मूलतः अंग्रेजी र अन्य विदेशी भाषाका किताब सहजै उपलब्ध छन्। यो लिंकमा क्लिक गरेपछि साइटमा पुगिन्छ। यो साइटमा ११ करोड १२ लाख भन्दा बढी पुस्तक उपलब्ध छन्। त्यसैले यो साइटमा तपाईंले खोजेको जुनसुकै अंग्रेजी पुस्तक उपलब्ध हुने सम्भावना छ। केही नयाँ किताबहरू उपलब्ध हुन गाह्रो भए पनि अधिकांश यहाँ उपलब्ध छन्। साइट खुलेपछि सर्च स्पेशमा किताब वा लेखकको नाम टाइप गरेर सर्च गरेपछि खोजेको किताबको लिंक आउँछ। त्यहाँ क्लिक गरेपछि Download भन्ने अप्सन आउँछ। Download मा क्लिक गरेपछि Go to PDF अप्सन आउँछ जहाँ क्लिक गरेर खोजेको किताब डाउनलोड गर्न सकिन्छ।