आर.के.चौधरी
चैत्र १४- पर्साको ग्रामीण इलाकामा लकडाउनलाई प्रभावकारी बनाउन स्थानीयले नै पहल शुरु गरेका छन् । एक गाउँका मानिस अर्को गाउँमा आवतजावत गर्न नसकुन भनेर विभिन्न गाउँ प्रवेश गर्ने स्थानमा शुक्रबारदेखि ढाँट लगाइएको छ ।
नेपाल सरकारले जारी गरेको लकडाउनको समर्थन गर्दै विभिन्न गाउँका स्थानीयहरुले मानिसहरुको चहलपहल न्युन गर्न यस्तो गरेका हुन् । शुक्रबारदेखि सखुवाप्रसौनी गाउँपालिकाको विभिन्न वडा र टोलका बाटोहरुमा बाँसको ढाँट बनाएर, ड्रर्महरु लगायतका सामाग्री राखेर बाटो बन्द गरिएको छ ।
त्यस्तै, नजिकैका अन्य टोलहरु प्रसौनी, कौवाबन, कल्याणपुर, पंचगावा बजार, औराहा र श्रीपुर टोलमा पनि बाहिरी मानिसहरु गाउँमा नछिरुन भनेर बाटो बन्द गरेको हो ।
यता, पँचगावा बजार भने पुर्ण रुपले बन्द भएको छ । पर्साको ग्रामिण स्थानमा ईलाका प्रहरी पटेर्वासुगौली, ईलाका प्रहरी एक्टाङगा, सशस्त्र प्रहरी बागेश्वरी र स्थानीयहरुले लकडाउन प्रभावकारी बनाएका हुन् ।

