नेपाल प्रवेश गर्न जबरजस्ती गर्ने एक भारतीय पक्राउ

spot_img

बीरगन्ज, १४ चैत – पर्साका ग्रामीण क्षेत्रको खुल्ला नाका भएर जबरजस्ती नेपाल प्रवेश गर्ने एक भारतीय पक्राउ परेका छन् । चार पाँच जनाको समूहमा रहेका भारतीयहरु जबरजस्ती नेपाल प्रवेश गर्न खोज्दा प्रहरीमाथि नै हातपात गर्न खोज्ने मध्येका एक भारतीय पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण कुकुहिया १३ निवासी ३५ वर्षिय अवधेश महतो छन् । पक्राउ परेका महतोलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले बताए ।

विन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसौनी भाठास्थित मधुवाको खेतबारीको खुल्ला सिमा भएर ती भारतीय नेपाल प्रवेश गर्न दाउमा रहेका थिए । लकडाउनको समयमा जबरजस्ती नेपाल प्रवेश गर्न खोज्नेलाई रोक्न खोज्दा उल्टै प्रसौनी भाठाका प्रहरीमाथि नै हातपात गरेका थिए ।

सो समूहका एक जनालाई पक्राउ गरिएको र अरु भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय