ऋषि कपूरको अपिल : सरकारले साँझ खोल्न दिओस् मदिराको पसल, लकडाउनमा हट्छ स्ट्रेस

spot_img

ऋषि कपूरको कुरालाई मान्ने हो भने अहिलको परिस्थितिमा सरकारले हरेक साँझ मदिरा पसल सन्चालन गर्न दिनुपर्छ । मानिसले मदिरा पिएर यो अवस्थामा स्ट्रेस कम गर्न र हटाउन सक्छन् ।

बीरगन्ज, १५ चैत्र – कोरोनाको कारण विश्वभर मै तवाही मच्चिएको छ । हालत अहिले यस्तो भएको छ कि हजारौं मान्छेले ज्यान गुमाएका छन् र यो क्रम रोकिनुको सट्टा बढ्दै गइरहेको छ । भारतमा कोरोना संक्रमितको आँकडा बढ्दै गइरहेको छ । भारत र नेपाल दुवै देशमा अहिले लकडाउन छ । मानिसहरु घरमा बस्न बाध्य भएका छन् । यस्तो लकडाउनको अवस्थामा तनावबाट बच्न भारतीय अभिनेता ऋषि कपूरले भने अनौठो आइडिया सुल्झाएका छन् ।

ऋषि कपूरका अनुसार भारतका हरेक राज्य सरकारले मदिरा पसल खोल्न दिनुपर्छ । उनले ट्वीट गर्दै भनेका छन् “सरकारको साँझको समयमा सबै मदिरा पसल खोल्न दिनुपर्छ । मलाई गलत नसम्झिनुहोला, तर मानिस घरमा बसेर डिप्रेशको सिकार भइरहेको छ । डाक्टर र प्रहरीलाई पनि तनावबाट मुक्ति चाहिन्छ । यसैपनि, मदिराको कालोबजारी त भइरहकै छ ।”

ऋषि कपूरले यो समयमा मदिरा बेचबिखनलाई कानुनी रुपमा मान्यता दिनुपर्ने अपिल गरेका छन् । उनका अनुसार सरकारलाई अहिले करमार्फत पाउने पैसाकोे धेरै खाँचो छ । अब कपूको यो अपिललाई सरकारले कुन रुपमा लिने हो त्यो त समयले बताउता तर ट्वीटरमा उनको यो सुझावलाई मानिसले सकरात्मक रुपमा भने लिएका छैनन् ।

एक ट्वीटर प्रयोगकर्ता लेख्छन् – तनावयुक्त मनको साथ मदिरा पिउनु अरु धेरै खतरनाक हुन्छ । यस्तै, अन्य मानिसको अनुसार यस्तो भयो भने कोरोनाको त्रास अझै फैलिने र मदिरा पसलमा मानिसको भिडभाड बढ्नेछ । श्रोत : आजतक

 

spot_img

ताजा अपडेट

लोकप्रिय