वैशाख ३ गतेसम्म आन्तरिक हवाई उडान पनि बन्द हुने

spot_img

१८ चैत, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको छ ।

प्राधिकरणको परिपत्रअनुसार अब आन्तरिक तथा बाह्य दुबै उडान १५ अप्रिल (३ वैशाख) सम्म नै बन्द रहने छन् । अर्थात् लकडाउन २५ चैतमा खुले पनि हवाई कम्पनीले भने ३ वैशाखसम्म उडान गर्न पाउने छैनन् ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय लिखित रुपमा सार्वजनिक नभएको र प्राधिकरणबाट मंगलबार मात्र नयाँ परिपत्र भएका कारण वायुसेवा कम्पनी अलमलमा परेका थिए ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उच्चस्तरीय समितिको निर्णयकै आधारमा प्राधिकरणबाट कम्पनीहरुलाई परिपत्र गरिएको जानकारी दिए ।

यस अविधमा कुनै पनि व्यवसायिक उडान हुने छैनन् । तर, आकस्मिक अवस्थामा चार्टर्ड फ्लाइट, मेडिकल फ्लाइट, एयर एम्बुलेन्स तथा आकस्मिक अन्य उडान भने रोकिने छैनन् । यो निषेध आन्तरिक र बाह्य दुबैमा कायम रहने भएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय