ताप्लेजु, २० वैशाख — ताप्लेजुङमा मध्यरातमा आगलागी हुदा १२ घर जलेर नष्ट भएका छन् ।
ताप्लेजुङकाे सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति ११ बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा आगलागी भएको हो ।
ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार शनिबार बिहान साढे ५ बजे आगाे नियन्त्रणमा आएको छ ।
आगलागीपछि नियन्त्रणका लागि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका थिए । आगाे नियत्रण गर्नकाे लागि पाँचवटा दमकल र जेसीभी समेत प्रयाेग गरिएकाे थियाे । आगो नियन्त्रणका लागि पाँचथर सदरमुकाम फिदिमबाट पनि दमकल बोलाइएको थियाे ।
आगलागी के कारणले भएको भन्नेबारे अहिले खुलिसकेको छैन । घटनाको अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
सोही स्थानमा ५ वर्षअघि पनि भीषण आगलागी हुँदा ३७ घर जलेर नष्ट भएकाे थियाे भने करोडौको क्षति पनी भएको थियो ।




