बाढीले मोटरसाइकल बगाउँदा चालकको मृत्यु

spot_img

हेटौंडा, २४ बैशाख – अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित चालकलाई बगाउँदा चालकको मृत्यु भएको छ ।

मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. ८ पोगटेका २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको हो । सो गाउँपालिकाको भित्री सडकखण्डबाट मोटरसाइकल चलाई काठमाडौं जादैं गर्दा बाढीले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बा ४४ प ६०५८ नम्बरको मोटरसाइकल चढेर काठमाडौं जादैं गरेका खनाललाई मोटरसाइकलसहित बाढीले बगाउँदा ५०० मिटर तल मृत अवस्थामा हिजो फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी सिस्नेरीबाट खटेको प्रहरी टोली घटनास्थल पुगेको र मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय