बीरगन्ज : १७ संक्रमित थपिएको रेड जोनमा लकडाउनको हालत यस्तो !! – PHOTO FEATURE

spot_img

बीरगन्ज, २४ बैशाख -१७ जना संक्रमित थपिएसँगै बीरगन्जमा अब खतराको घण्टी बजेको छ । थपिएका १७ जना संक्रमितहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । पहिलेदेखि नै जोखिमको उच्च विन्दुमा रहेको बीरगन्जमा लकडाउनको कसैलाई केही मतलब छैन । लाग्छ, बाँच्नु भन्दा अरु चीज अहिले महत्वपूर्ण छ ।

यसअघि नै पर्साको बीरगन्ज सहित प्रदेश नम्बर २ का ८ वटै जिल्ला भारतको सीमासँग जोडिएकाले यस प्रदेशलाई सरकारले अति जोखिमपूर्ण सूचीमा राखिसकेको छ ।

यी सबै जिल्लामा कोरोना संक्रमण फैलन सक्ने खतरालाई दृष्टिगत गर्दै अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय सरकारले गरेको छ ।

photo by santosh sah © nepalpostdailycom

 

photo by santosh sah © nepalpostdailycom

तर रेड जोनमा रहेको बीरगन्जमा भने लकडाउनकै बेला पनि सर्वसाधारणलाई ग्रीन सिग्नल मिलेको छ ।
लकडाउनका सुरुवाती दिनमा निकै कडाइ गरिए पनि आजकल खुकुलो देखिएको छ । डराएर घर बसेका नागरिक पनि सवारी साधन लिएर सडकमा निस्कन थालेका छन् ।

photo by santosh sah © nepalpostdailycom

यसको उदाहरण बीरगन्जका विभिन्न क्षेत्रमा देख्न सकिन्छ । बीरगन्जको मुख्य चोक घण्टाघरदेखि माईस्थान, आदर्शनगर, छपकैया, पुरानो बसपार्क, घडिअर्वा लगायतका क्षेत्रमा साँझ, बिहान र दिउँसै पनि लकडाउन बिर्साउने गरी सवारी साधनहरू चलिरहेका छन् । मानिसहरूको आवातजावत पनि निर्वाध छ ।

photo by santosh sah © nepalpostdailycom

मुख्य चौकहरुमा त, केही हदसम्म मानिसहरुको चहलपहल पातलो छ तर भित्री गल्लीहरुमा भने लकडाउन हो कि सामान्य अवस्था हो ठम्याउनै मुश्किल हुन्छ ।

प्रशासनले खाद्यान्न सामाग्री किनमेलका लागि बिहान ११ बजेदेखि ३ बजेसम्म समय दिएको छ । खरिद बिक्री गर्दा सामजिक दुरी कायम गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सर्तकर्ता अपनाउन भनिएको छ । तर न व्यवसायी न ग्राहकलाई नै यसको मतलब छ । बीरगन्जका भित्री तथा मुख्य क्षेत्रमा पसलहरू धमाधम खुल्न थालेका छन् । मानिसहरु झुण्डका झुण्ड भई किनमेल लागि बजार निस्किरहेका छन् ।

अलखिया मठदेखि नारायणी अस्पतालसम्म सडकका दाँया बाँया रहेका क्लिनिकहरुमा पनि संक्रमण फैलने कुरालाई चुनौति दिदैं सामान्य अवस्थामा झैं मानिसहरुमा त्यहाँ भेटिए । पछिल्ला केही दिन यतादेखि डाक्टरका क्लिनिक पनि प्राय सबैजसो खुलेका छन् । हरेक क्लिनिकमा झुण्डका झुण्ड मानिसहरु जम्मा भएका बसेको देखियो ।

बीरगन्जका अधिकांश बैङ्क खुल्ला छन् । बैङ्कमा सर्वसाधारणको अत्यासलाग्दो भिड देख्न सकिन्छ । बीरगन्जस्थित विभिन्न बैंकहरुमा पनि हरेक दिन मानिसहरुको बाक्लै चहलपहल देखिन्छ । वृद्धभत्ता लिन आउनेदेखि लिएर अन्य आर्थिक कारोबार गर्ने मानिसहरु हरेक बैंकमा हुल बनाएर जम्मा भएको देखिन्छ । त्यसो त, वृद भत्ता लिन गाँउ–गाँउबाछ हुलका हुल मानिस आउन थालेपछि संक्रमण फैलने डरले कृषि विकास बैंकले अचानक सूचना टाँसेर मङगलबारदेखि भने भत्ता वितरण कार्य स्थगित गरेको छ । तर अन्य बैंकहरुमा भने अवस्था उस्तै छ ।

photo by santosh sah © nepalpostdailycom

शुरु–शुरुमा धमाधम पक्राउ गरेर कारवाही चलाउने प्रहरी प्रशासन सडकमा त छन् । तर, उनीहरूले कुनै रोकावट गर्दैनन् । सवारी साधन रोकेर एकछिन सोधपुछ गर्ने बाहेक अरु केही नगरेको अवस्था छ ।

पहिला लकडाउनको उल्लङ्घन गरेको भनेर दैनिक जसो यात्रुलाई नियन्त्रणमा लिएर छाड्ने गरिएको भए पनि हिजोआज सो क्रम रोकिएको छ ।

photo by santosh sah © nepalpostdailycom
photo by santosh sah © nepalpostdailycom
photo by santosh sah © nepalpostdailycom
photo by santosh sah © nepalpostdailycom
photo by santosh sah © nepalpostdailycom

 

spot_img

ताजा अपडेट

लोकप्रिय