अवैध लागुऔषध सहित पाँच जना पक्राउ

spot_img

बीरगन्ज, २४ बैशाख – पर्सा प्रहरीले अवैध लागुऔषध सहित पाँच जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगन्ज वडा नं. ३ का सन्तोष पटेल र उनकी श्रीमती ३७ वर्षीय बबिता देवी, सोही ठाउँका २८ वर्षीय टिंकु श्रीवास्तव, विन्दाबासिनी गाउँपालिका वडा नं. २ बहुअर्वाभाठाका राजनाथ यादव र बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनका ३२ वर्षीय मग्रिम साह रहेका छन् ।

लागुऔषधको खरिद बिक्री भइरहेको भन्ने सूचना पाएर खटिएको प्रहरी टोलीले पाँचै जनालाई रंगेहात पक्राउ गरेको हो ।

प्रहरीले बिक्रीवितरण गर्न बक्स पलङ भित्र लुकाई राखेको अवस्था सन्तोष पटेलको घरबाट १०० एमएलको डाइलेक्स डीसी ८७ बोतल, १०० एमएलको ओनेरेक्स १०३ बोतल, नाइट्रोजेपाम २० पिस, नाइट्राभेट ३६ पिस र सिम्पिलीजेक्ट ५७ पिस लगायतका लागुऔषध बरामद गरेको छ । साथै, लागुऔषध खरिद गर्न आएका तीन जनालाई पनि पटेलकै घरबाट प्रहरी रंगेहात पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका पाँच जना माथि थप अनुसन्धान भइहरको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय