प्रम-ओलिको राष्ट्रवाद सत्ता लम्ब्याउने स्टन्ट मात्रै

spot_img

आजको परिवेशमा जुन प्रकारले शासन-प्रशासन चलेको अवस्था छ, जनता सार्है निरशामा छन । जसरि उत्साहका साथ देशले सम्बिधान पायो चाहे त्यो अपुरो भएपनी जनतामा सकारात्मक शुसानको आशा अवश्य पलाएको थयो ।

नाकाबन्दिताका एक-खाले राष्ट्रवादिहरु सलबलाएको र परिवर्तनको प्रयोग गरिरहेको बेला यता मधेसी दलहरु सोही योजना अनुरुप मधेशमा आगो बाल्दै गरेको देखिन्छ, फलस्वरुप जनतामाथी फेरी ठुलो धोका र बिश्वशघातको भएको पाइन्छ ।

कोरोनाको माहाप्रकोप र राजनीतिक दलको नग्न नृत्य तथा बिदेशिहरुले हाम्रो देशप्रतिको गिद्द नजर लगाउदै गर्दा, राष्ट्रवादको चादर ओढाउदै गरेको केपी सरकार बिदेशमा रहेका हाम्रा नेपाली दिदिबहिनी-दाजुभाइ आफ्नै देश फिर्ता हुन रोइकराइ गर्नु, नेपाली जनताको रगत-पसिनाले तिरेको कर बापत माहामारिको बेला आफ्नै देशभित्र राहत नपाउनुले प्रधानमन्त्री ज्युको राजनिती जनताको पैसामा राजाइ गर्न सत्तामा पुगेको देखियो ।

दुइ-तिहाइको सरकार यती लाचार किन ? आउदो समय हामी नेपालिहरुको लागी एकदम चुनौतिपूर्ण र कठोर हुने प्रबल सम्भावना देखिन्छ । देशको अर्थतन्त्रमा ठुलो धक्का पर्नसक्ने अनुमान सबै अर्थबिदहरुले गरिसकेका छन ।

देशमा धेरै युवा-युवती बेरोजगार हुने अनि ब्यवसायिक धरोहरहरु ध्यस्त हुने सम्भावना भएको र मज्दुर,किशान्,गरीब-बिपन्न वर्ग कसरी गरिखाने भन्ने चिन्तामा रहेको अवस्था छ । देशको कतिपय ठाउमा छाक टार्ने भयाभव स्तिथिमा केन्द्र-प्रदेश सरकारसँग कुनै दुरगामी योजना नहुनु र जनताबाट सरकार घेरिदै गएको बेला राष्ट्रवादको नारा घन्काउनु,असफल हुँदैगएको सरकारले सत्ता लम्ब्याउने स्टन्ट भनेर सजिलै बुझ्न सकिन्छ ।

१८१६ सुगौली सन्धिताका देखी आजसम्म लिम्पियाधुर,लिपुलेक र कालापानीको समस्या सुन्दा-सुन्दै कती पुस्ता कटिसके तर यस्तो माहामारिको बेला देशको अफ्ठ्यारो अवस्थाम प्रधानमन्त्री ज्युले राष्ट्रवाद्को नारा आफ्ना असफलता ढाक-छोप गर्न लागेको देखिन्छ ।

लिम्पियाधुरा,लिपुलेक र कालापानी हाम्रो हो र यस्को एक इन्च जग्गामाथी अरुले आखा लगएको हामिलाई मान्य हुने छैन,लिम्पियाधुर-लिपुलेक-कालापानीको मुद्दामा हामी सबै नेपाली जनताहरु एक ठाउमा प्रधानमन्त्री ज्युसँग उभेका छौ ।

प्रधानमन्त्री ज्युले जारी गरेको लिम्पियाधुरा-लिपुलेक-कालापानी सहितको नक्सा पारित गरी प्रकाशन गर्नु स्वागत योग्य छ्, हामी सबै नेपाली खुशी र धन्यबाद पनि ब्यक्त गर्छौ तर यो सबैको बाबजुद जनताको जिवनरक्ष,प्राथमिक आवश्यकताहरुको निति,माहामारी बिरुध लड्ने योजन,अर्थतन्त्र तथा बेरोजगारिको सन्दर्भमा सरकार उदासिन्-निरिह हुनु र तत्कालिन माहाकाली सन्धिको सन्योजक बर्तमान प्रधानमन्त्री नै भएको हुनाले जनतामा राष्ट्रवाद सत्ता लम्ब्याउने स्टन्ट त होईन भनेर शन्काको नजरले नियल्नु स्वभाबिका नै हो ।

सम्मनिय ओलि ज्युले जनताको प्राथमिक आवश्यकता राष्ट्रवाद्को अभिन्न आवशयकता हो भनेर बुझ्न जरुरी छ ।

  • बाल्मिकी यादव, उप-सभापति, ने बि संघ,पर्सा
spot_img

ताजा अपडेट

लोकप्रिय