spot_img

भारतीय पूर्वराजदूत राकेश सुदको टिप्पणी : ओलीको ढल्न लागेको सत्तालाई भारतीय पक्षले जोगाइदियो

spot_img
spot_img

आशिष त्रिपाठी/नयाँदिल्ली-  भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्गमा नेपाली पक्षसँग कुनै सल्लाह नै नगरी एकतर्फी रूपमा सडक निर्माण गरि उद्धाटन गरेपछि यो विवाद चूलिएको हो । गत वैशाख २६ गते भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्स मार्फत यस सडकको उद्घाटन गरेका थिए । यस्तै भारतीय रक्षामन्त्री सिंहले उत्तराखण्डको पिथौरागढ, धार्चुला हुँदै कालापानी र लिपुलेक नाकाबाट चीन प्रवेश गर्ने सडकको भारतीय सेना प्रमुख समेतको उपस्थिती रहेको कार्यक्रममा उद्घाटन गरेका थिए ।  सिंहले उक्त सडक निर्माण सम्पन्न गरेकामा भारतको बोर्डर रोड्स अर्गनाइजेसन (बीआरओ) लाई धन्यवाद समेत दिए । सिंहले मे ०८, २०२० मा एक ट्वीट गर्दै बीआरओले सीमा जोड्न केही वर्षदेखि उत्कृष्ट काम गर्दै आएको भनेका थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिंह र सेनापति मनोज मुकुंद नरवानेको आलोचना गर्दै नेपालका लागि पुर्व भारतीय राजदूत राकेश सुदले नेपालमा ढल्नै लागेको ओली सरकारलाई भारतको पछिल्लो कदमले जोगाएको आरोप लगाएका छन् । गत मे महिनाको २९ तारिखका दिन प्रकाशित ‘द हिन्दू’ पत्रिकाको अंग्रेजी संस्करणमा “फर ए रिसेट इन इण्डिया नेपाल रिलेसन्स” शिर्षकमा एउटा लेख प्रकाशित गर्दै सुदले भारतीय रक्षामन्त्री राजनाथ सिंह र सेनापति नरवानेको आलोचना गरेका हुन् ।

त्यस लेखमा सुद नेपालका प्रधानमन्त्री ओलि विरुद्ध खनिएका छन् । लेखमा उनले प्रधानमन्त्री ओलीले अनावश्यक मुद्धाहरू उचालेर राष्ट्रवादी बनेको गम्भीर आरोप लगाएका छन् । पटक पटक सीमा मिचिँदा पनि नेपालको सत्तापक्षमा भारतीय दबदबाका कारणले कुनै पनि सरकारले गतिलो अडान लिन नसकिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना हट्नुपर्ने र नेपाली भूमि भारतले फिर्ता गर्नुपर्ने स्पष्ट अडान राख्दै आएका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंह, सेनापति मनोज मुकुंद नरवाने र भारतीय पूर्वराजदूत राकेश सुद !

उनको यो अडानले नेपाललाई सधैं दबाबमा राख्न चाहने भारतीय सत्ताको अहममा ठूलो चोट पुगेको छ । र, यो वा त्यो कोणबाट ओलीमाथि प्रहार गर्न भारतका सबै उच्च पदस्थहरु केन्द्रित भएका छन् । प्रधानमन्त्री ओलीमाथि आफ्नो निशाना साध्ने क्रममा पूर्वराजदूत सुदले आफ्नै सेनापति र रक्षामन्त्रीको पनि आलोचना गरेका छन् । उनले सन् २०२० को अप्रिलसम्म आइपुग्दा केपी ओलीको घरेलु राजनीतिक अवस्था कमजोर भएको र कोभिड १९ को ह्याण्डलिंग पनि अयोग्य भएकाले उनको शासनविरुद्ध निराशा बढेको अवस्थामा उनका पार्टि अवस्था पनि जर्जर हुँदै गएको उल्लेख गरेका छन् ।

यस्तो अवस्थामा ओलीको ढल्न लागेको सत्तालाई रक्षामन्त्री सिंहले सडक उद्घाटन गरिदिएर प्राण भरिदिएको उनको विश्लेषण छ । भारतीय सेनापति मनोज नरवानेले नेपालबारे गरेको टिप्पणीलाई संवेदनहीन भन्दै सुदले आलोचना गरेका छन् ।  उनले लेखेका छन्, “भारतीय सेनाका प्रमुख जनरल मनोज नरवानेले मे १५ मा गरेको नेपालले अरु कसैको इशारामा मुद्धा उठाएको हुनसक्छ भन्ने टिप्पणी संबेदनहीन थियो किनकि भारतको सेना प्रमुख नेपालको सेनाको पनि मानार्थ जनरल हो।

लेखमा अघिकांश ठाउँमा ओलीविरुद्ध आक्रोश व्यक्त गरिएको छ। सन् २०१७ को चुनावमा भारत विरोधी राष्ट्रबाद उचालेर चुनाव जितेको भन्दै सुदले सन् २०१५ को संविधान निर्माणमा दवाव दिएको र अघोषित नाकाबन्दी गरेको अरोप लागेकोले नेपाल भारतका बिच समस्या बढ्दै गएको जिकिर गरेका छन्। उनले भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकको बाटो भर्चुअल माध्यमबाट उद्घाटन गरेर कमजोर भएको केपी ओलीको सत्तालाई प्राण भरिदिएको आरोप पनि लगाएका छन्।

उनले अहिले नेपाल र भारतका बिचको सम्बन्ध नराम्रो बनेको उल्लेख गर्दै पराम्परागत विशेष सम्बन्धलाई पुनस्थापित गर्नु पर्ने र यसका लागि भारतले उदार सहयात्री बन्नु पर्ने सल्लाह दिएका छन् । लेखमा सुदले राजा महेन्द्रले गरेको चीनसँगको सीमा सम्झौताको प्रसंग पनि उल्लेख गरेका छन् र विगत १७० बर्षदेखि नेपालको नभएको भूमि अहिलेको नक्सामा पारेर नेपालले आफ्नो भएको दावी गरेको भन्दै ओलीबिरुद्ध आक्रोश समेत पोखेका छन् ।

चीनलाई लक्षित गर्दै सूदले चीनले राजतन्त्रको अन्त्यपछि नेपालका राजनीतिक दलहरु, नेपाली सेना र सशस्त्र प्रहरी जस्ता संस्थाहरु तर्फ ध्यान केन्द्रित गरेको आरोप पनि लगाएका छन्। साथै भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले लिपुलेकलगायतका क्षेत्रको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका हुन् ।

तपाईहरू आआफ्नो प्रतिक्रिया दिनुहोला !

spot_img

ताजा अपडेट

लोकप्रिय