बाँके – बाँकेका थप २९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
सबैभन्दा बढी प्रभावित नरैनापुरका २२ र राप्ती सोनारीका सात जनालाई मङ्गलबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
योसँगै बाँकेमा काेराेना सङ्क्रमणबाट मुक्त भएर घर फर्किनेको सङ्ख्या ९७ पुगेको छ । उनीहरु सबै भारतबाट आएपछि परीक्षण गर्दा कोरोना सङ्क्रमण पाइएकाे स्वास्थ्य कार्यालय बाँकेले जनाएकाे छ ।
बाँकेमा अहिलेसम्म दुई सय ७९ जनामा कोरोना सङ्क्रमित भेटिएका छन् । एक जना सङ्क्रमितकाे क्वरेण्टीनमा नै ज्यान गएको छ ।
नेपालभरि काेराेना सङ्क्रमित हुनेकाे सङ्ख्या तीन हजार सात सय ६२ पुगेकाे छ भने डिस्चार्ज हुनेकाे सङ्ख्या चार सय ८८ पुगेकाे छ । अहिलेसम्म काेराेना सङ्क्रमणकाे कारण १४ जनाकाे ज्यान गएकाे छ ।




