spot_img

सङ्क्रमित महिलाको शल्यक्रिया सफल, उपचारमा संलग्न सबै क्वारेन्टिनमा

spot_img
spot_img

नेपालगञ्ज — कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया सफल भएको छ ।

सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको मङ्गलबार दिउँसो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार १८ हप्ताकी गर्भवतीसमेत रहेकी ती महिलाको बेरिएको आन्द्राको सफल शल्यक्रिया गरिएको हो । डा प्रदीप थापा, डा आशिष भट्टलगायतको टोलीले शल्यक्रिया गरेको हो । महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अछाम चोरकोट गाउँपालिका–५ निवासी गर्भवतीसमेत रहेकी ती महिलाको अछामको बयलपाटा अस्पतालमा अवस्था बिग्रिएपछि सोमबार हेलिकोप्टरबाट कोहलपुर ल्याइएको थियो ।

भारतबाट आएर क्वारेन्टिनमा रहेको अवस्थामै बिरामी भएकाले नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि शिक्षण अस्पताल कोहलपुरको बहिरङ्ग विभाग र आपातकालीन कक्षलाई सोमबार रातिदेखि नै पूर्णरुपमा बन्द गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सक, नर्स र सहयोगीसहित १४ जनालाई क्वारेन्टिनमा राखिएको छ । अस्पताललाई पूर्णरूपमा स्यानिटाइज गरी बुधबारदेखि अस्पताल सञ्चालनमा ल्याइने अस्पतालका सहनिर्देशक डा नितेषकुमार कनोडियाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय