वीरगञ्जमा सरकार विरुद्ध नेविसंघको प्रर्दशन ! ६ जना पक्राउ, दर्जनौ घाइते !! (फाेटाे फिचर)

spot_img

वीरगञ्ज : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शनिबार सरकार विरूद्ध गरेकाे प्रदर्शनका क्रममा ६ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।

नेविसंघ पर्सा र इकाइ कमिटीकाे संयुक्त नेतृत्वमा भएकाे प्रदर्शनका क्रममा नेविसंघका जिल्ला सभापती विकास तिवारी, ठाकुरराम इकाइ सभापती मनाेज साह, जिल्ला उपाध्यक्ष शेष, सहसचिव श्याम रमेश यादव, पुर्व प्रदेश सदस्य अभय कर्ण, श्याम गुप्ता पक्राउ परेका हुन् ।

काेराेनाभाइरस महामारी नियन्त्रणमा सरकारकाे प्रभावकारी काम गर्न नसकेकाे भन्दै तीनै तहकाे सरकारकाे विरूद्धमा प्रदर्शन गरिएकाे हाे ।

वीरगञ्जकाे महाबिर स्थान चाेकबाट सुरू भएकाे प्रदर्शन घण्टाघर चाेकमा आएर टुंगिएकाे थियाे ।

प्रदर्शनका क्रममा प्रधानमन्त्री ओली र प्रदेश २ का मुख्यमन्त्रीकाे पुतला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेकाे थियाे । हस्तक्षेप गर्ने क्रममा प्रहरीले गरेकाे लाठीचार्जका कारण नेविसंघका दर्जनभन्दा बढी नेता कार्यकर्ता घाइते समेत भएका छन् ।

इकाइ अध्यक्ष मनाेज कुमार साहकाे ढाडमा गम्भीर चाेट लागेकाे छ । हिरासतमा रहेका उनलाइ अस्पताल लगिएकाे छैन ।

‘सर्वसाधारणकाे घरभाडा, बैंक ब्याज, कर, विद्युत महशुल माफ गर’, ‘सर्वसाधारण उपचारकाे खाेजमा, सरकारकाे भ्रष्टाचारकाे माैजमा’, ‘हन्ड्रेड पर्सेन्ट पिसीआर’, ‘कालापनी, लिपुलेक हाेम्राे हाे’, ‘सरकार खै? १० अर्बको हिसाब खै?, ‘कर केका लागि?’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित नेविसंघ प्रदर्शनमा उत्रिएकाे थियाे ।

शान्तिपुर्णमा गर्न खाेजिएकाे प्रदर्शनका क्रममा भएकाे प्रहरी हस्तक्षेप उचित नभएकाे नेविसंघका पदाधिकारहरूकाे भनाइ छ ।

तस्बिर सन्तोष साह नेपालपोष्टडेली
तस्बिर सन्तोष साह नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली
तस्बिर : सन्तोष साह / नेपालपोष्टडेली

 

spot_img

ताजा अपडेट

लोकप्रिय