जनकपुर: विश्वव्यापी महामारीका रूपमा फैलिएकाे कोरोनाभाइरसकाे त्रासका बिच अग्रपंक्तिमा रहेर काम गर्ने स्वस्थकर्मीहरुलाई मुक्तिनाथ विकाश बैंक जनकपुरधाम शाखाले स्वास्थ समाग्री खरिद गर्न आर्थिक सहयोग गरेको छ ।
स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री महत्वपूर्ण रहेकोले ५० हजार रुपैया बैंकले स्वास्थ्यकर्मीहरुलाई सहयोग गरेका हुन् ।
सो रकम नेपाल चिकित्सक संघ जनकपुरधाम शाखालाइ हस्तान्तरण गरिएको छ ।
कोभिड – १९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको यस अवस्थामा नेपाल र नेपाली स्वास्थ्यकर्मि पनि उच्च जोखिममा रहेको घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकको रहेको क्षेत्रिय प्रबन्धक झाले बताउनभयो ।

