जनकपुर : मानव विकास केन्द्र जनकपुरकाे दाेस्राे वार्षिकाेत्सव मंगलबार एक कार्यक्रमका बिच मनाइएकाे छ ।
संस्थाले आजबाट हरेक वर्ष असार २ गतेको दिन दिइने “श्री उमेश चन्द्र झा पत्रकारिता पुरस्कार” स्थापना गरेकाे छ ।
यस वर्षका लागि याे पुरस्कारबाट जनकपुरका पत्रकार विरेन्द्र रमन र शैलेन्द्र क्रान्ती लाइ दिइएकाे छ ।
मानव विकास केन्द्रले यसै अबसरमा राज्यका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिएका २२ जना व्यक्तिलाइ सम्मान गरेकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव रहेका थिए भने कार्यक्रम मा मुख्य अतिथि शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया उपस्थित रहेका थिए ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र केन्द्रका अध्यक्ष कुन्दन झाले संयुक्त रुपमा पत्रकारद्धय क्रान्ति र रमणलाई जनही २५ हजार ५ सय १ रुपैँया हस्तान्तरण गरेका थिए । पुरस्कृत दुबैजना पत्रकारले पुरस्कारले थप जिम्मेवारी बोध गराएकाे बताउँदै अगामी दिनमा थप उर्जा सहित खोज पत्रकारितातर्फ केन्द्रित हुने बताए ।
‘झन्डै एक दशकको पत्रकारिता अवधिको तेस्रो पुरस्कार हो । मलाई आफ्नो पेशाप्रति झनै कटिबद्ध बनाउन पुरस्कार भन्दा बढी यहाँहरुको हौसला, आशिर्वाद, स्नेह, प्रेम चाहिन्छ,’ पत्रकार क्रान्तिले भने ।
कानुनमन्त्री यादवले प्रदेश सरकार पत्रकारको साथीको रुपमा हरसम्भव सहयोगकालागि तयार रहेको बताए । ‘प्रदेश सरकारले स्वतन्त्र र संचारमैत्री प्रदेश बनाउन पत्रकारको हकहितकालागि संचार विधेयक ल्याउन लागेको छ,’ उनले भने ।
मानव विकास केन्द्रका अध्यक्ष झाले आफ्ना स्वर्गीय हजुरबुवा समाजसेवी उमेशचन्द्र झाको स्मरणमा स्मृति पत्रकारीता पुरस्कार स्थापना गरेका छन् ।
यस वर्षदेखि जनकपुरलाई केन्द्र बनाई पत्रकारीता गर्दै आएका उत्कृष्ट पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्न सुरु गरका छन् । कार्यक्रममा समाज तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा धनुषाको सहिदनगर नगरपालिका प्रमुख उदय बरबरिया यादव, नेपाल पत्रकार महासंघ प्रदेश २ की उपाध्यक्ष रिंकुकुमार मिश्र गायत्री, नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्र, जनकपुर वृहत्तर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर, असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साह, बुद्धिजिवी मनिष झा लगायतको सहभागिता थियो भने कार्यक्रमको उदघोषण कलाकार स्मृति मिश्राले गरेकी थिइन् ।


