धनुषाकाे सबैलामा भएकाे रक्तदानमा ६३ जनाले गरे रक्तदान

spot_img

धनुषा : कोरोना महामारीको समयमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ धनुषाकाे सबैलामा मंगलबार रक्तदान कार्यक्रम आयाेजना गरियाे । सबैला नगर युवा सञ्जालकाे आयाेजना भएकाे रक्तदान कार्यक्रममा कुल ६३ जनाले रक्तदान गरेकाे खबर छ ।

बिहान ८ बजेदेखि सुरू रक्तदानमा स्थानिय युवा, युवती, समाजसेवी, वुद्धिजिवी, नागरिक समाज, संचारकर्मी लगायतका व्यक्तिहरुले रक्तदान गरेका छन ।

नगर युवा संजाल सबैलाले यस महामारीको समयमा विभिन्न जनचेतना कार्यक्रमकाे आयाेजना गर्दै आएकाे छ ।

वर्तमान परिवेशमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको नगर युवा संजालका अध्यक्ष सुरेश यादवले बताए हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय