धनुषा : धनुषामा प्रहरीकाे हिरासतमै मृत्यु भएका शम्भु सदाका लागि न्याय माग गर्दै नेपाली कांग्रेस महाेत्तरीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएकाे छ ।
कांग्रेसका महाेत्तरी जिल्ला सभापती महेन्द्र कुमार रायकाे नेतृत्वमा जिल्लाभरिका पार्टिका नेता कार्यकर्ताहरूकाे उपस्थितीमा ज्ञापन पत्र बुझाइएकाे हाे ।
शम्भु सदालाइ न्याय, काेराेना विरूद्धकाे लडाइ सुव्यवस्थित गर, काेराेनाकाे आडमा भ्रष्टाचार बन्द गर, किशानलाइ राहत, तीन महिनाका लागि कर मिनाहा गर लगायतका विषयहरू समेट्दै मंगलबार ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएकाे जनाएकाे छ ।

