धनुषा : धनुषाकाे सबैलाका शम्भु सदाकाे परिवारकाे विचल्ली भएकाे छ ।
छाेरा शम्भुकाे मृत्यु पछि विक्षिप्त भएकी शम्भुकी आमाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बन्दै गएकाे हाे ।
इलाका प्रहरी कार्यालय सबैलाकाे हिरासतमा मृत्यु भएका सदाकाे घटनाकाे निष्पक्ष छानबिनकाे माग गर्दै विभिन्न व्यक्तीहरूद्वारा आवाज उठे पनि घटनामा अझै प्रगती हुन सकेकाे छैन ।
उता भारतकाे मदरासमा रहेका सदाका बुबाकाे अवस्था पनि गम्भिर बन्दै गएकाे छ ।
पुत्रवियाेगमा शम्भुका बुबा यतिसम्म विक्षिप्त भएका छन् उनले प्राण त्याग गर्ने अडान लिएका छन् ।
लकडाउनका कारण नेपाल आउन नसकेका उनी भन्छन् “न्यान पाएन भने यतै मर्छु ।”

