spot_img

आरडीटी जाँच गरी घर फर्काइएका बर्दियाका २६ जनामा कोरोना संक्रमण

स्वास्थ्य कार्यालयको लापरबाहीले समुदायमा कोरोना फैलने सम्भावना

spot_img
spot_img

बर्दिया — आरडीटी जाँच गरी घर फर्काइएका बर्दियाको बढैयाताल गाउँपालिका–१ र २ का २६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

जेठ २९ गते क्वारेन्टाइनबाट घर फर्काइएका उनिहरुकाे जेठ ३१ गते स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशाला पठाइएकाे थियाे। पीसीआर जाँच गर्दा उनीहरुमा बुधबार बिहान कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

संक्रमितमध्ये एक जना स्वास्थ्य चौकी प्रमुख हुन् । उनी क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य अवस्था बुझ्न जाने गरेका थिए । स्वास्थ्य कार्यालय बर्दियाले क्वारेन्टाइनमा रहेका उनीहरुको पीसीआर जाँच नगरेपछि आरडीटी गरी घर पठाइएको थियो । संक्रमण पुष्टि भएका व्यक्तिहरु परिवारसँगै बस्दै आएका थिए ।

‘पीसीआर नगरी घर पठाउन हुन्न भन्ने मेरो अडान थियो । तर कहीबाटै सुनवाइ भएन । जोरजुलम गरेर मसहित ३९ जनाको पीसीआर जाँच गर्दा यस्तो भयो,’ कोरोना संक्रमणमा परेका स्वास्थ्य चौकीका प्रमुख भन्छन्,‘स्वास्थ्य कार्यालयको लापरबाहीले समुदायमा कोरोना फैलने सम्भावना भयो ।’ योसँगै कोरोना संक्रिमितको संख्या बढैयाताल गाउँपालिकामा ४२ पुगेको छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय