जनकपुर: जनकपुरधाम उप-महानगरपालिका अगाडि आज स्थानीयहरूले मेयर लालकिशोर साहविरूद्ध चर्को नाराबाजी गरेका छन् । जनकपुरधाम वडा नं- १ मा महिनाैदेखि सडक बनाउन आग्रह गर्दा समेत ध्यान न दिएको भन्दै स्थानीयहरूले मेयर साहविरूद्ध ‘प्ले कार्ड’ सहित विरोध प्रदर्शन गरेको हुन ।
जनकपुरका मेयर साहले आफ्नो आफन्त मान्छेहरु को मात्र सुन्ने गरेको वडा नं- १ का अध्यक्ष सत्रुधन साहेको आरोप रहेको छ । पटक पटक मेयर सबलाई सडक र बाटोबारे ध्यानाकर्षण गराउँदै आएपनि कुनै पनि ध्यान न दिएकोले बाध्य भएर आज आन्दोलनमा गर्नुपर्यो ।
प्रर्दशनकारीहरूले उप-महानगरपालिका मूल गेट अगाडि ‘भ्रष्ट मेयर’ मुर्दावाद भन्दै नारावाजी समेत गरेका छन् । जनकपुरका मेयरले सरकार को नियम र कानून लाई ख्याल नगरी आफू खुशी जुन नगरमा छन् ।बजेट पनि त्यही खर्च गर्दै आएको वडा अध्यक्ष साह आराेप रहेको छ ।
उहाँको भनाइअनुसार नगरस्तरीय बजेटमा मेयरले आफू अनुकूल छुट्याउँदै वडालाई रत्तिभर ध्यान दिनु भएको छैनन ।
वडा- १ मा सडक अतिक्रमण गरेर घरहरु निर्माण गरिएको छ, वडाको मुसहरी जाने बाटोको अवस्था निकै खत्तम रहेकोले स्थानीयलाई आवत-जावतमा निकै समस्य हुने पुगेको छ ।
मेयर साहविरूद्ध यस अधी पनि प्रमुख कार्यकारीलाई ज्ञापन पत्र समेत बुझाइसकेको वार्ड नं १ का अध्यक्ष सत्रुधन साहे जानकारी दिनुभयाे ।

