spot_img

आत्महत्या विकल्प होईन: आशिष त्रिपाठी

spot_img
spot_img

अमेरिकाकाे एक साधारण व्यक्तिले चन्द्रामामा खुट्टा टेक्ने सपना देख्छ । र, त्याे सपनालाइ पुरा गर्न उसले कुनै कसर बाँकी राख्दैन । सपनाकाे गन्त्वय सम्म पुग्ने गाेरेटाेमा लाखाैँ कठिनाइ आए । तर, सपना पुरा गर्ने उसकाे अठाेटका अगाडी कुनै बाँधाले लामाे स्वाँस फेर्न सकेन । अन्ततः उनी चन्द्रमामा पाइला टेक्ने पहिलाे मानव भए । उनलाइ विश्वले निल आर्म स्ट्राेंगका रूपमा चिन्छ ।

हाे ! ठिक त्यस्तै टेलिभिजनकाे सानाे पर्दाबाट बलिउडकाे ठुलाे पर्दा सम्म पुग्नका लागि सुशान्त सिंह राजपुतले पनि कुनै कसर बाँकी राखेनन् । विज्ञापन, टेलि विज्ञापन लगायतका कैयाैँ अनन्य कामहरू, भारतीय टेलिभिजन जगतलाइ सुम्पिँदै उनकाे बलिउड यात्रा प्रारम्भ भयाे । बलिउडमा उनले गरेका काम पनि अब्बल दर्जाका छन् । काइ पाे चे, शुद्ध देशी राेमान्स्, एमएस धाेनी, राब्ता लगायतका कालजयी चलचित्रहरू उनले बलिउडलाइ दिएका छन् ।

भारतीय क्रिकेट टिमका पुर्व कप्तान एम एस धाेनीले सुशान्त अभिनित आफ्नै चलचित्र देखेपछि भने,”सुशान्त, बाहेक अरू कसैले पनि याे राेललाइ न्याय गर्न सक्थेन।” निकै कम समयमा दर्शकहरूकाे ध्यान आफुतिर आकृष्ट गराउन सफल सुशान्त व्यवसायीक रूपमा पनि सबल थिए । उनलाइ नचिन्ने सायद कमै थिए । सपना देख्न नडराउने र त्यसलाइ पुरा गर्न पनि कुनै कसर बाँकी नराख्ने सुशान्त जस्ता हाेनहार, हरफनमाैला कलाकारकाे वेग एक्कासी थाम्मिनु आफैमा आश्चर्यकाे विषय हाे ।

इन्जिनियरिङ अध्ययन गरेर सफलताको दिशामा अगाडि बढ्दै भारतीय चलचित्र जगतमा एक विशिष्ट चिनारी बनाउनु सुशांत सिंह राजपूतको कडा परिश्रमको परिणाम थियो। अचानक, उनको आत्महत्याले सबै लाई आश्चर्यचकित बनाइदिएकाे छ ।

आजको यो युगमा विश्व भरी आत्महत्याका समाचारहरु ले तथाकथित विकसीत समाजको दुखद चित्र उजागर गर्दैछ । आज पनि सबै सुख आनन्दहरूको बाबजुद मानव जाति तनाव र निराशा जस्ता समस्याहरूका कारण कहिकतैँ अल्झिएका छन् । निराशा, मानसिक अशान्ती लगायतकाले कतै समाजकाे विकास अथवा समाजलाइ दिग्भ्रमित त पार्ने हाेइन ? याे शंका पनि हाल सतहमा छ ।

यही कारणले गर्दा दैनिक आत्महत्याका बढ्न थालेको छ। तर मानव जाति लाई यो बिर्सनु हुँदैन कि त्यहाँ सबैको जीवनमा संघर्षको चरण हुन्छ। र यो संघर्षको को घडी पार गरेरमात्र सफलता प्राप्त हुन्छ । तर हामी संघर्ष पछि मात्र सफलता प्राप्त गर्दछौं, त्यसैले हामी जीवनको यस परिवर्तित वातावरणमा आफूलाई ढाल्नुपर्छ र जीवनको हरेक पल बाँचौं।

जिवनमा सपनालाइ समय दिनु सिक्नु पर्छ । कहिले काही जीवनले हाम्राे सपनालाइ सार्थक बनाउन हामी सँग समय मागिरहेकाे हुन्छ। सपनालाइ समय दिन सिक्नुस्, जीवन सरल हुनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय