जनकपुर: प्रदेश २ को सरकारले प्रहरी हिरासत भित्रै मृत्यु भएका शम्भु सदा परिवारलाई राहतस्वरुप रु.पाँच लाख दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए हुन् । हिरासतमा निधन भएका सदा राहतस्वरुप उपलब्ध गराउने निर्णय भएको हो ।
देशमा कुनै पनि शासन व्यवस्था आएपनि निमुखा जनताले पाउने भनेको राहतको नाममा केहि नगद मात्र हो तर न्याय कहिल्यै पाइदैन । राहत पनि नाराजुलुस र विरोध प्रदर्शन गरेर मात्र पाइन्छ । प्रहरी हिरासत भित्रै शभ्मु सदाको मृत्यु जो कोहिको लागि पनि शंकाष्पद हुनु स्वभाविक हो ।
सुरक्षा घेरा भित्रै यदि कसैले आत्म हत्या नै गर्छन भने पनि त्यो कसरी भयो भन्ने प्रश्न स्वभाविक पनि हो । शम्भुको मृत्यु भएको एक हप्ता पछि परिवारजनले शव बुझेर आज दाहसंस्कार गरेका छन् । एक त उनको जिवन समाप्त, अर्को न्याय पाउने ग्यारेन्टी छैन, र त्यसमाथी शव समेत गन्हाएर छतविक्षत भइसकेपछि मात्र दाह संस्कार गरिएको छ । यो दुराअवस्था सवै निमुखाहरुले भोग्नु परेको छ ।
विश्लेषकहरूका अनुसार प्रहरी हिरासतमै निधन भएका सदाकाे घटना दबाउन राजनितीक चलखेल नभएका पनि हाेइनन् ।

