जनकपुर : सटर फोर्ने क्रममा चोर पक्राउ

spot_img

जनकपुर : जनकपुरको मुख्य चोकहरु मध्ये रामानान्द चोक एक पसलको ताला फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

गए राति करिब ४ बजेको समयमा नमस्ते मोबाइल सेंटरको ताला फोड्दै गर्दा जनकपुरको पिडारी निवासी एक जनालाइ प्रहरीले पक्राउ गरेको हो ।

रातको समयमा रडले ताला फोड्दै गरेको सुनेपछि छिमेकीहरुले प्रहरीलाइ खबर गरेका थिए ।

केही बेरमै घटनास्थल पुगेको प्रहरीको टोलिले १ जनालाइ पक्राउ गरेको प्रहरीका हवल्दार रमेश चौधरीले बताए । फरार ३ जनाको खाजी कार्य भइरहेको जनाइएको छ ।

उक्त पसल धनुषा चैम्बर अफ कमर्स का कार्यकारिणी सदस्य मिथिलेश झाको रहेको बुझिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय