जनकपुर: अब रेलमार्ग सञ्चालनको तयारी जनकपुर देखि जयनगर सम्म हुँदैछ । जति बाधा पुर्याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ ।
चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको जनाएको छ ।
कुर्था देखि जयनगर रेलमार्गअन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनु भयो ।
विभागका अनुसार जनकपुर–विजुरापुरा खण्डमा रेल्वे ट्र्याकको काम भइरहेको छ । जयनगर–जनकपुर सम्पन्न भएर सञ्चालनको तयारी हुँदा जनकपुरबाट बिजुरापुरासम्मको ट्र्याक निर्माण भइरहेको छ ।
जनकपुर देखि जयनगर रेलमार्ग सञ्चालनको तयारी भइरहेको छ यसका लागी रेल्वे कम्पनीमार्फत रेल सञ्चालनका लागि सरकारले कर्मचारी व्यवस्थापन अघि बढाएको छन्।
दुई रेल सेट सीमा नजीकै आइसकेको उनले बताए हुन् । उनले भने, अनुसार “रेल सेट आइसकेको छ अब मात्रै हामीले कर्मचारी व्यवस्थापन गर्न बाँकी छौं ।”
राष्ट्रिय गौरवको पूर्व–पश्चिम रेलमार्गमा अध्ययन तथा मु-आब्जा वितरणसँगै रेलमार्ग निर्माणको भइरहेको उहाँले जानकारी दिनुभयो । विभिन्न स्थानमा पुल निर्माणको काम भइरहेको छ ।
रेलमार्गअन्तर्गत बर्दिवासमा पुल निर्माण भइरहेको छ । काँकडभिट्टा इनरुवा खण्डमा आगामी आवमा ठेक्का सम्झौता गरेर निर्माण अघि बढाइनेछ । रेलमार्गका कतिपय स्थानमा मु-आब्जा बाँड्ने काम बाँकी छ ।
बर्दिवासलगायत जिल्लामा मुआब्जा बाँकी छ । उनले भने, “आगामी वर्ष थप काम अघि बढ्ने छन् ।”
बन्दाबन्दीको समयमा झण्डै चार सय जना निर्माणस्थलमा काम गरेको विभागले जनाएको छ । र १२ स्थानमा पुल निर्माण भइरहेको छ । कतिपय स्थानमा रुख कटानका काम पनि यो समयमा भइरहेको छ ।
सरकारले रेलमार्ग निर्माणलाई विगतका वर्षदेखि नै महत्व दिइरहेको छन् ।
सरकारले आगामी आवका लागि रेलमार्ग निर्माण र अध्ययनका लागि रु आठ अर्ब ६६ करोड विनियोजन गरेको छ ।जयनगर देखि जनकपुर देखि बिजुरापुरासम्म आगामी आवमा रेल सञ्चालन गरिने भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले हालै प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको अध्ययन नभएका स्थानमा सम्भाव्यता अध्ययन गरिने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको छ ।
सोही रेलमार्गको कांकडभिट्टा–इनरुवा खण्डको निर्माण आगामी आवमा शुरू गरिनेछ । आगामी आवमा नै बर्दिवास–निजगढ खण्डको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छन् ।

