जनकपुर: जनकपुरधाम मा छैठौँ अन्तराष्ट्रिय योग दिवस २१ जुन २०२० योग गराैँ,निरोगी रहाैँ नारा का साथ जनकपुरमा आइतबार योग दिवसमा मनाइएकाे छ ।
प्रदेश सांसद मा. राम आशिष यादव ज्यु को प्रमुख उपस्थितिमा योग शिक्षक श्री कृष्ण चन्द्र साह जी को अगुवाइमा जनकपुरधामको शिव चौक स्थित गङ्गा सागर पोखरीको डिलमा छैठो अन्तरास्ट्रिय योग दिवस मनाएका छन् ।
आजको दिन बिश्वभारी योग दिवस मनाउने चलन गर्दै आइरहेको छन् । योग गर्नाले मानसिक ,बौद्धिक तथा समाजिक लाभ दिने गर्छ तथा योग जिवनको अत्यन्तै उप्योगी हुने गर्छन् र योग गर्नाले मन शान्त ,निर्मल र तनाव मुक्त गर्छ यो बैज्ञानिकहारुले हजारौं बर्ष अगाडि नै बताई सकेका छन ।
हजारौं बर्षदेखी हाम्रो समाजमा कुनै न कुनै प्रकारले हाम्रो पुर्बज्ले यो सिकाइरहेको कुरा थाहा हुन्छ। जस्तै:- जनकपुरधाम तथा मिथिलाको घर-घरमा आमाबुबाले बिहान निद्रा बाट उठने बितिकै छोराछोरी लाई धर्ती मा खुट्टा राख्नु भन्दा पहिले माफी मागौ।त्यसपछि सुॠ देवलाई नमस्कार गर्न सिकाउ छन्। आज पनि यो परम्परा मिथिलान्चल्को समाज मा देख्न पाइन्छ।
योग मानव जिवनको स्वास्थ राख्न मा महत्त्वपूर्ण स्थान छ। नित्य दिन योग गरियो भने शरीरमा कुनै प्रकारको रोग लाग्दैन योग गर्दा केहि महत्त्वपूर्ण आसन सुर्य नमस्कार ,श्वासप्रश्वास जस्ता थुप्रै आसन्ले शरीर र मन मस्तिष्क लाई नयाँ उर्जा प्रदान गर्छ ।
तunited nation को माहासभाले योग दिवस लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन निर्णय गरेको थियोे र सबै सदस्य राष्ट्रिय ले योग दिवस मनाउने निर्णय गरेका थिए।सोहि अनुरुप २१जुन २०२०को दिन अन्तरास्ट्रिय योग दिवस विश्व भर मनाउने गरेका छ्न।

