जनकपुरमा नगरसभाको विरोध गर्दै वडाध्यक्षहरुद्धारा उपमहानगरपालिका कार्यालय अगाडी धर्ना !

spot_img

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको विरोध गर्दै वडाध्यक्षहरुले कार्यालय अगाडि धर्ना दिईरहेका छन्।

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह को भनाई अनुसार कार्यपालिकाको बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफूहरुलाई अध्ययन नै गर्न नदिने पारित गर्न लागेको भन्दै जनकपुरका नगरप्रमुख लालकिशोर साहले आफूहरुलाई जबरजस्ती माइन्युटमा हस्ताक्षर गर्न दबाव दिइरहेकाले नगरसभा हुन नदिन आफुहरुले धर्ना दिनुपरेको छ ।

हिजो सोमवार आफुहरुले माग गरे अनुसारको एजेण्डा सहितको कार्ययोजना नआएपछि वडाध्यक्षहरुले विरोध गर्दा नगरप्रमुख साह पक्षका केही वडाध्यक्ष र अन्य वडाध्यक्षहरुबीच केहीबेर विवाद भएको थियो।

प्रत्येक वर्ष उपमहानगरपालिकाको २० देखि २५ करोडसम्मको बजेट फ्रिज हुँदै आएकाले आफुहरु उक्त रकम कुन वडाको र किन फ्रिज भएको भन्ने जानकारी गराउनुपर्नेमा जनकपुरका प्रमुख लालकिशोर साह तानशाही रूप प्रस्तुत हुँदै आएको वडाध्यक्षहरुको आरोप रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय