जनकपुर प्रादेशिक अस्पतालमा उपचार अभावमा एक युवकको छपटिएर मृत्यु

spot_img

जनकपुर: जनकपुरको प्रादेशिक अस्पताल इमरजेन्सी वार्डमा एक विरामीको छटपटिएर मृत्यु भएको रहस्य अहिले सार्वजानिक भएको छ । हंसपुर नगरपालिका वडा नं. ७ बस्ने असे सदाका १५ वर्षीय छोरा राजु सदाको प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकको लापरवाहीले सोमवार राति ३ बजे उपचार अभावमा छटपटिएर मृत्यु भएको पिडित परिवारको आरोप छ ।

मृतकका बुवाका अनुसार छोरालाई इमरजेन्सी वार्डमा भर्ना गरिएको भएपनि चेकजाँच गरिएनन्, औषधी दिएनन्र राति छटपटिएर वेडमा भुँइमा लड्दा समेत चिकित्सकहरुले कुनै चासो नलिदा उपचार अभावमा मृत्यु भएको बताएका हुन् । सोमवार बेलुका को ४ बजे जनकपुरको प्रादेशिक अस्पतालकै कोरोना विशेष अस्पतालबाट प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरिएको थियो ।

इमरजेन्सी वार्डमा भर्ना गरिएको करिव १० घण्टापछि सदाको मृत्यु भएको हो । उनी भारतको अहमदावादबाट ८ दिन लगाएर पैदल यात्रा गर्दै सिमाबाट जेठ ३ गते गाउँ प्रवेश गरेका राजु सदालाई १७ दिन हंसपुर नगरपालिकाको नौवाखोर प्रसाहीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा राखेपछि उनलाई झाडापखाला लागेको थियो । झाडापखाला लागेर कमजोर भएका उनलाई कोरोना भाइरस लागेको आंशकामा जनकपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना गराइएको थियो ।

३ दिन जनकपुरस्थित कोरोना विशेष अस्पतालमा राखिएको राजुको रिर्पोट निगेटिभ आएपछि सोमवार साँझ ४ बजे सुविधा सम्पन्न प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा उपचारको लागि सिफट गराएको कोरोना अस्पताल धनुषाका संयोजक डा.जामुन सिंहले बताए हुन् ।

डा. सिंहका अनुसार राजु सदाको रगतको नमुना संकलन गरि टेष्ट गर्दा खरावी पाएको बताए ।

उनले विरामीको अवस्था नाजुक रहेको बारेमा आइसोलेशन वार्डमै रहेका वेला धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलगायतलाई जानकारी गराएको बताए ।

मृतक सदाको ब्रेन टयुमर भएको हुन सक्ने आशंका गरिएपनि उनको भने सिटि स्क्यान गरिएको छैनन् । १७ दिन क्वारेन्टाइन र १३ दिन आइसोलेशनमा बसेका युवाको उपचार अभावकै कारण मृत्यु भएको मृतकका काका विरेन्द्र सदाले दावि गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय