spot_img

रक्तदानले जीवनदान, आवश्यक सर्तकर्ता अपनाएर गरौं यो महादान

spot_img
spot_img

रक्तसञ्चार केन्द्र बीरगञ्जमा रगतको अभाव भएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण रक्तदान कार्यक्रमहरु पर्याप्त मात्रामा नहुँदा रगतको अभाव देखिएको छ । छिटफुट रुपमा आकस्मिक रक्तदान कार्यक्रम भएतापनि पर्याप्त मात्रामा रगत नपाएको सेवाग्राहीले बताए । अत्याधिक मात्रामा रगतको खपत हुने ठाउँ बीरगञ्जमा रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव देखिएको जनाइएको छ । यस्तै, धेरै भिडभाड नगर्न सरकारको निर्देशन विपरित कार्यक्रम गर्न नसक्ने अवस्था भएकै कारण रक्तदान कार्यक्रम नहुँदा पनि रगत संकलन नभएर अभाव देखिएको छ ।

अहिले कोरोनाको महामारीको बेला छ । पूर्ववत अवस्थामा हामी फर्किसकेका छैनौं । कोरोनाको संक्रमण फैलने खतरा र डरले हामीलाई छोडेको छैन । यस्तो अवस्थामा कार्यक्रमहरु नहुनु र भए पनि न्यून रुपमा हुनु स्वभाविक हो । तर यसले फेरि अर्को संकट पो निम्तिन्छ कि, यतातिर पनि बेलैमा सोच्नु जरुरी छ । रगतको अभावमा कसैले पनि ज्यान गुमाउने अवस्था नआओस् भन्ने चेत सबैले राख्न जरुरी छ । विपत्तिका बेला अझ बढी रगत अभाव हुने गरेको छ । माग भन्दा रगतको संकलन कम हुँदा संकटका बेला रगत अभाव हुने गरेको हो । सवारी दुर्घटनामा सबैभन्दा बढी रगतको समस्या हुने गरेको चिकित्सकहरु बताउँछन् । सर्जिकल, सुत्केरी, क्यान्सर र मुटु रोगीलाई बढी मात्रामा रगत आवश्यक पर्छ । चार प्रकारका रगतका समूहमध्ये ‘ओ’ र ‘ए’ सहज रुपमा पाउन सकिन्छ भने ‘बी’ र ‘एबी’ कम मात्रमा पाइन्छ । त्यसमा नेगेटिभ रगत कमै पाइन्छ । सामान्य अवस्थामै पनि अभाव देखिने रगत यो बेला बिरामीले पाउन र कसैले पनि ज्यान नगुमाउन भन्नका लागि व्यक्तिगत वा संस्थागत पहलमा आवश्यक सर्तकर्ता अपनाई रक्तदान कार्यक्रम आयोजना गरिनुपर्छ ।

केही मानिसमा कस्ता व्यक्तिले रक्तदान गन सक्छ ? रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि भन्ने डर हुन्छ । तर त्यस्तो केही हुँदैन । महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजनक फाइदा गर्छन् । सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् । रक्तदान मुटुका लागि राम्रो मानिन्छ । नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई हृदयाघातको खतराबाट पनि टाढा राख्छ । रक्तदान गर्दा रगत पातलो हुन्छ, जो मुटुका लागि फाइदाजनक मानिन्छ । शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्वपुूर्ण भुमिका हुन्छ । नियमित रुपमा रक्तदान गर्नाले शरीरमा नयाँ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ । यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ । यदि नियमित रुपमा रक्तदान गर्नुहुन्छ भने मोटोपनाबाट तनाव लिनुपर्दैन । क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउका लागि नियमित रुपमा रक्तदान गर्नुपर्छ । नियमित रक्तदान गर्नाले क्यान्सर र अन्य खालका रोग लाग्ने खतरा कम हुन्छ । किनभने रक्तदान गर्दा शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कन्छ । शरीरको नियमित जाँच गराउनाले विभिन्न रोग लाग्न पाउँदैंन । यो अवसर रक्तदानका बेला निःशुल्क मिल्छ । रक्तदाताको तौल, रक्तचाप, हेमोग्लोबिन र ब्लड ग्रुपको परीक्षण गरिन्छ । रक्तदानपछि एचआइभी, मलेरिया, भीडीआरएल तथा एन्टीबडीजस्ता परीक्षण गरिन्छ । यसर्थ, आफुलाई पनि फाईदा हुने र रक्तदान पश्चात अरुलाई पनि फाईदा हुने भएकाले आवश्यक सर्तकर्ता अपनाएर गरौं यो महादान ।

spot_img

ताजा अपडेट

लोकप्रिय