शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
24.1 C
Kathmandu
35 C
Birgunj

व्यवस्थित बीरगन्जका लागि सबैसँग हातेमालो जरुरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बिहीबार पनि बीरगन्जका साना व्यापारीले प्रदर्शन गरे । घण्टाघरदेखि माईस्थानसम्मका साना व्यापारी पसल नै बन्द गरेर विरोध प्रदर्शनमा उत्रिए । व्यापारीहरुलाई मुख्य समस्या परेको छ, घण्टाघरदेखि माईस्थानसम्म लगाइएको तारबारका कारण । पसल अगाडि लगाइएको तारबारका कारण ग्राहक आउन छोडेको पछि व्यापार चौपट भएको उनीहरुको दाबी छ । त्यतिमात्र होइन, तारबार कारण पसलकै लागि पनि मालसामान खरिद गरी ल्याउन पनि अप्ठ्यारो परिरहेको व्यापारीहरु बताउँछन् । व्यापारीहरुले केही दिन अघि पनि पर्चा पम्पलेटसहित प्रदर्शन गरेका थिए । सरोकारवालाले व्यापारीहरुको समस्यामा कुनै चासो नदेखाएपछि बिहीबार फेरि उनीहरु आन्दोलित भएका हुन् । यद्यपि, व्यापारीको समस्या समाधानका लागि प्रहरीले भने दुई दिनको समय लिएको छ ।

- Advertisement -

बीरगन्जलाई व्यवस्थित पार्ने भन्दै प्रहरी र महानगरले शुरु गरेको अभियान सकरात्मक छ भन्ने कुरामा दुई मत नै छैन । अभियानका लागि प्रहरीले ट्राफिक व्यवस्थापन चुस्त–दुरुस्त होस् भन्दै तारबार लगाएको छ, सडकमा डिभाईडर लगाइएको छ, नाला सफा गरिएको छ, जथाभावी फोहोर फाल्नेलाई अन्तिम पटकलाई नसिहत दिदैं फोहोर उठाउन लगाइएको छ । सचेतना कार्यक्रम पनि सोही बीच गरिदैंछ । विशेष गरी बीरगन्जमा अहिलेको अवस्थामा मुख्य चुनौती ट्राफिक व्यवस्थापनकै हो । जथाभावी पार्किङ्ग, पाकिङ्गको निश्चित स्थान नहुनु तथा ट्राफिक नियमको पालना नहुनु लगायतका समस्याले बीरगन्ज अव्यवस्थित देखिन्छ । यसमा बीरगन्ज महानगर, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायतले अन्य संघसंस्थासँग मिलेर लिएको पहलकदमीलाई राम्रो नै भन्नुपर्छ । तर पहिलो समस्या कहाँ छ भने बीरगन्जलाई व्यवस्थित बनाउने अभियानले निरन्तरता पाएको हुदैंन । विशेष गरी जिल्लामा सरुवा भई आउने प्रहरी उपरीक्षकले नेतृत्व लिदैं शुरुमा अभियान तताउँछन् भने विस्तारै त्यो सेलाउदैं जान्छ । जसले गर्दा निरन्तरता नहुँदा यसको सार्थक परिणाम नै निस्कन सकेको छैन । दोस्रो, शुरुवाती अवस्थामा तात्ने अभियानमा जोडिएका जो कोहीलाई पनि यो अभियान फोटो खिचाउने मेला जस्तो हुने गरेको छ । तस्रो कुरा के हो भने हालसालै तातेको यो अभियानमा घण्टाघरदेखि माईस्थानसम्म मात्र तारबार लगाइयो । त्यहाँदेखि उता तारबार लगाइएको छैन । जसले गर्दा घण्टाघरदेखि माईस्थानसम्म मात्र पार्किङ्गको समस्या रहेको जस्तो देखियो । अनि, अरु ठाउँमा तारबार नहुँदा त्यस ठाउँका व्यापारीहरुले उनीहरुमात्र मारमा परेको भान गरे । अन्य ठाउँका पसलमा ग्राहक सहज जानु र ती व्यापारीहरुको पसलमा भने ग्राहक नआउँदा व्यापारमा ह्रास भएपछि आवाज उठाएका होलान् जुन स्वभाविक पनि हो । किनभने व्यापारीलाई आउँने मुख्य आयश्रोत भनेका ग्राहकबाटै हो । पसलमा ग्राहक नै नआएपछि मुखमा माड कसरी लाग्छ, घरभाडा तथा बिजुली बिल कसरी तिर्छन अनि लगानी कसरी उठ्छ ?

बीरगन्जलाई व्यवस्थित बनाउन अब अझ बढी वैज्ञानिक र व्यवस्थित रणनीति तर्जुमा गर्न जरुरी छ । जसले गर्दा कुनै एक पक्षले मात्र यसको लागि बलिदानी दिनु नपरोस् । साथै, रणनीति बनाउँदा सरोकारवाला सबै पक्षसँग अग्रिम छलफल पनि जरुरी छ । छलफलमा उठेका विषयमा सर्वसहमति गरेर कार्यन्वयनमा जाँदा कुनै पनि गुनासो आउने छैन । त्यस्तै, मुख्य बजार क्षेत्रमै मात्र होइन, अभियानकर्ताले शहरका सबै क्षेत्रमा आँखा पु¥याउनु जरुरी छ । नियमन निकायले ठूला र साना गरी भेदभाव गर्नु उचित देखिएन् । आवश्यक बन्दोबस्त मिलाएर नियम लगाउँदा ठिक हुन्छ । लामो समयसम्म बन्दाबन्दीको मार खेपेका व्यापारीलाई उठिबास गराउने काम कोही कसैबाट पनि हुनु हुदैंन । सबै पक्षसँग व्यवस्थित बीरगन्ज अभियानमा हातोमालो गरी अगाडि बढन सके अभियानले सार्थकता पाउने छ अनि अभियान पनि सफल हुनेछ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार