बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

कैदीबन्दीलाई महानगरप्रमुख सिंहले गराए...

वीरगञ्ज कारागारमा रमजानमा रहेका मुस्लिम कैदीबन्दीलाई साँझको इफ्तारी गर्न वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान...

लक्ष्य अनुसारको राजश्व संकलनमा...

बीरगन्ज,१५चैत । नेपालको प्रवेशद्धारको रुपमा रहेको बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष...

विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार...

काठमाडौं,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा...

४३९ नागरिकको भागमा जम्मा...

काठमाडौं,१५ चैत । संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३ जना...
17.1 C
Kathmandu
24.6 C
Birgunj

महिला हिंसा रोक्न सर्वपक्षीय भुमिका आवश्यक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

गत हप्ता पर्सामा महिला हिंसाका तीन घटना प्रकाशमा आए । पर्साको छिपहरमाई गाउँपालिकामा एक महिलालाई बोक्सीको आरोपमा स्थानीय जनप्रतिनिधिहरुकै रोहबरमा कपाल मुन्डन गरी कालोमोसो दलेर पुरै गाउँ घुमाईयो । यसै घटनाको दुई दिन पहिला र एक दिन पछि पर्साको जिराभवानी र जगरनाथपुुरमा बलात्कारका दुई घटना प्रकाशमा आए । महिलामाथिको भएको हिंसाका यी घटना प्रकाशमा मात्र आएका हुन्, अन्य विभिन्न प्रकारका घटनाहरुमा गाउँ–ठाउँमै दबाइन्छन् । पिडित पक्षलाई मान, सम्मान र इज्जतको ढाडस दिदैं कथित भद्रभलाद्मीहरुले घटना गाउँमै दबाउँछन् । अर्कोतर्फ, पिडितलाई त्यहीं गाउँ–ठाउँमा बस्नुपर्ने हुन्छ, अनि विवस भएर मुख बन्द गरेर बस्न बाध्य हुन्छन्, पिडित र परिवार । कतिपय घटनामा भने पिडितलाई दिइएको पिडामा आर्थिक मल्हम लगाएर घटना साम्य बनाइन्छ । यस्तै, न्याय माग्न प्रहरी प्रशासनकहाँ पुगेका पिडित अझ मर्माहत हुन्छन् जब प्रहरी प्रशासन पिडकको प्रभावमा पर्छ । अनि कतिपय घटना त, महिलामा चेतनाको अभावले गर्दा पनि बाहिर आउन सकेको हुदैंन । महिला अधिकारकर्मीको कुरालाई मान्ने हो भने घटेका जम्मा १० प्रतिशत घटना मात्र बाहिर आउने गरेका छन्, बाँकी ९० प्रतिशत घटना माथि उल्लेखित जस्तै कारणले दब्छन् । जसको फलस्वरुप, महिला हिंसाका अधिकांश घटनामा पिडितले न्याय पाएका हुदैंनन् भने पिडक भने उम्किएका हुन्छन् । अनि, यस्तो प्रवृत्तिले महिला हिंसा बढ्दो छ ।

- Advertisement -

महिला हिंसा समाजको एउटा त्यो रूप हो, जसले महिलाका सामान्यभन्दा सामान्य अधिकार पनि खोसिरहेको हुन्छ । त्यसैले यो एउटा जघन्य अपराध हो । चरम महिला हिंसाको नियति भोगिरहेको छ, हाम्रो समाजले अहिले पनि । यो एउटा प्रत्यक्ष सरोकारको विषय बन्न पुगेको छ । त्यसैले, महिला हिंसा के हो – जान्न जरूरी छ । महिला हिंसाको घटनालाई १५ स्वरूपमा विभाजन गरिएको पाइन्छ । जस्तै ः बलात्कार, घरेलु हिंसा, हत्या (कुटपिट), बोक्सी आरोपमा गाउँ निकाला, दाइजो प्रथा, बहुविवाह, बालविवाह र अन्य मानसिक तथा शारीरिक यातनादेखि महिलालाई अपहेलना महशुस हुने कुनै पनि धम्क्याउनेदेखि जिस्क्याउनेसम्मका घटना यसमा पर्दछन् । आजसम्म नेपालमा धेरै परिवर्तन भए । विभिन्न व्यवस्था हुदंै आज गणतान्त्रिक समाजको रूप लिएको छ । कतिपय कुरामा परिवर्तनको महसुस गरिए होला तर कतिपय कुरा त्यो परिवर्तनको महसुस बिल्कुलै गर्न सकिएको छैन । हाम्रा समाजका परम्परागत संरचना र सोचलाई त्यस्ता परिवर्तनले कुनै फरक पारेको छैनभन्ने आभास भएको छ । यतिबेला विवेकशील भनिएको मानवबाट सञ्चालित छ हाम्रो समाज । तर पनि तिनै परम्परागत संरचना र सोचले राक्षसको शैलीमा यही समाजलाई खाइरहेका छन् । त्यसको एउटा ज्वलन्त उदाहरण हो, महिला हिंसा ।

महिला अधिकार सुरक्षित गर्न र महिला हिंसाजस्ता जघन्य अपराध रोक्न दीर्घकालीन उपाय के हुन सक्छन् त ? यसमा सर्वप्रथम राज्यले अन्य निकायको तुलनामा अधिक भूमिका खेल्नु अनिवार्य छ तर राज्यले पनि सर्वपक्षीय सहयोग बिना केही गर्न सक्दैन । महिलाका समस्या सबैका साझा समस्या हुन् र यसको समाधान गर्न पनि समाजका सम्पूर्ण पक्षको सहकार्य जरूरी छ । त्यस्तै, महिला आफै पनि सचेत हुनु जरूरी छ । महिला हिंसा बढ्नुको प्रमुख कारण जनचेतनाको अभाव नै हो । राज्य र अन्य सरोकारवालाको सहयोगमा महिलालाई उनीहरूको अधिकार के हो ? कहाँ र कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा सिकाउनुपर्दछ । यसैगरी, महिला हिंसाविरुद्ध लड्न, महिलालाई राज्यको प्रत्यक्ष उपस्थितिको अनुभूति र पहुँच हुनुपर्दछ । व्यवस्था यस्तो होस् कि महिलाको आवाज सुन्ने छैन भन्न नपरोस् । त्यस्तै राज्यले उपस्थिति जनाए पनि पूर्वाग्रह न्याय दिन सक्नुपर्दछ । अर्कोतर्फ, महिला हिंसा गर्ने जो कोहीलाई पनि यस्तो कारबाही हुनुपर्छ कि जुन कारबाहीको कारण अरु कसैले हिंसा गर्ने कुरा सोच्न पनि नसकोस् । सन्चारको पनि भुमिका यसमा संवेदनशील हुनुपर्छ । महिला हिंसाका घटनालाई सञ्चारले आफ्नो भूमिकालाई हरेक तहमा पु¥याउनुपर्ने अहिलेको आवश्यकता हो । पुरुषले पनि महिला हिंसा निर्मूलकरणमा पुरुषको भूमिकमा सहयोगी हुनु आवश्यक छ । महिलाको लागि महिला पनि जाग्नुपर्छ । महिलाको समस्यामा महिला रमिते बनेर हैन कि भोलि मलाई पनि पर्छ भन्ने सोचेर महिला हिंसा रोक्न सहयोग गर्नुपर्दछ । राज्य प्रशासन तथा समाजका अन्य तहमा महिलाको प्रतिनिधित्व कम छ र भएपनि प्रभाव प्रायः शून्य जस्तै छ । जसले गर्दा महिलाहरू समाजमा कमजोर बन्दै गइरहेका छन् र हिंसाजन्य अपराध भोग्नु परिरहेको छ । हाम्रो समाजमा महिला वास्तवमै आफैबाट सञ्चालित छैनन् । मानसिक तथा शारीरिक रूपमा महिला स्वतन्त्र हुन जरूरी छ । त्यसको लागि राज्यले दीर्घकालीन नीति तथा योजना बनाई नतिजामुखी कार्यान्वयन आवश्यक छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार