बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
23.1 C
Kathmandu
31.1 C
Birgunj

संक्रमण बढ्दो छ, सावधानी घट्दो छ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सामा बिहीबार पुनः १७ जनामा कोरोना संक्रमणको पुष्टि भयो । मृत्यु भएपछि एक वृद्धमा कोरोना संक्रमणको पुष्टि भएको छ भने संक्रमित हुनेहरुमा दुई चिकित्सकसहित उपचाररत बिरामी र अन्य छन् । उनीहरुको कुनै ट्राभल हिस्ट्री छैन । सशुल्क परिक्षण गराएका उनीहरुमा कोरोनाको लक्षणहरु देखापरेका छन् । संक्रमितहरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण देखिएको छ । चिकित्सकहरुको भनाई अनुसार ट्राभल हिस्ट्री नभएकामा कोरोनाको संक्रमण पुष्टि हुनुले कोरोना समुदायमा फैलिएको छ । पछिल्लो केही दिनदेखि लगातार रुपमा संक्रमण पुष्टि भइरहनुले पनि समुदायमा फैलिसकेको देखिन्छ ।

- Advertisement -

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । तर सरकारले लकडाउनको अन्त्य गरेको छ । न त कुनै अर्को मापदण्ड सरकारले तयार पारेको छ । भन्नुुपर्दा अहिले शैक्षिक संस्था बाहेक अरु सबै खुलिसकेको । खुलेका क्षेत्रमा भने न भौतिक दूरी कायम गरिएको छ । न त स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको छ । कोरोना संक्रमतिको संख्या बढ्दै गइरहँदा मानिसहरू अब भने डराउनै छाडेका छन् । दुई चार जनामा कोरोना पुष्टि हुँदा मानिसहरू खुबै त्रसित बनेका थिए अब त कोरोनाको कसैलाई पनि प्रवाह छैन । भौतिक दूरी कायम नगर्ने, मास्क मुखमा भन्दा पनि हातमा झुण्ड्याउने जस्ता कार्यले यसको जोखिम बढिरहेको छ । सवारी खुलेसँगै धेरै जनासँगै बस्ने, अनावयश्यक भीडभाड बढाउने जस्ता कार्यले कोरोना संक्रमणलाई बढी टेवा पुगिरहेको देखिन्छ । यस्तै, लापरवाहीले कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गइरहँदा समुदायमा आएको देखिन्छ । अहिले संक्रमितको संख्यामध्ये ६ प्रतिशत ट्राभल हिस्ट्री नभएकाहरू रहेको स्वास्थ्य तथा जनस्वाथ्य मन्त्रालयले जनाएको छ । लकडाउन खोलिनु, हुलमुलमा आवतजावत, स्वास्थ्य सावधानी नअपनाउने जस्ता कारणले यस्तो खतरा बढेको छ ।

अर्कोतर्फ, बीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका उद्योग प्रतिष्ठानहरुमा अधिकांश मजदुरहरु भारतीय रहेका छन् । लकडाउन र सीमा नाका बन्द भएको समयमा पनि उनीहरु बीरगन्ज प्रवेश गरेका थिए र गरिरहेका छन् । सीमा क्षेत्रबाट अनाधिकृत कारोबारमा संलग्न व्यक्तिहरु बीरगन्ज र सीमापार आवतजावत गरिरहेका छन् । सयांै मान्छे तस्करीका सामान बोकेर दैनिक बीरगन्ज प्रवेश गर्छन् । बीरगन्जमा रक्सौलका कतिपय व्यापारीको पसलहरु छन्, ती व्यपारीहरु पसल खोल्न दैनिक आउँछन् र राति उतै फर्किन्छन् । यसरी सीमापारका मान्छेहरु प्रहरीलाई केही रुपंैया दिएको भरमा नेपाल प्रवेश गर्न पाइरहेका छन् । यसमा स्थानीय प्रहरी र प्रशासनको कतै न कतै लापरवाही देखिन्छ ।

- Advertisement -

यसरी समुदायमा संक्रमण बढेमा कोरोनाले भयावह अवस्था निम्त्याउने भएकाले मानिसहरूले आफ्ना आनीबानीमा सुधार ल्याएर सतर्क हुनुपर्ने अवस्था छ । लकडाउनको बेला जसरी सतर्क भयौं, त्यसरी नै सर्तक हुन जरुरी छ । जसरी छिमेकी देश भारतमा संक्रमणको दर उच्च भइरहेको छ, यदि सीमा नाकामा लापरवाही भइरहने र हामी आफै पनि सर्तक नहुने हो भने भोलि नेपालमा स्थिति भयावह हुनेछ । संक्रमण बढ्नु, लापरवाही हुनु र संक्रमित बढिरहेपछि स्थिति नियन्त्रण बाहिर जानेछ । अनि, अर्कोतर्फ हामीसँग कोरोना विरुद्ध लड्न चाहिने जतिको आवश्यक स्वास्थ्य पूर्वाधार पनि छैन । त्यसैले, सरोकारवाला सबै पक्ष संवेदनशील हुन जरुरी छ । नत्र पछि फेरि, हामीसँग पछुताउने बाहेक अरु केही कुरा बाँकी रहदैन ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार