कोरोना संक्रमित लगभग शुन्यमा झरी सकेको पर्सा, पछिल्लो समयमा कोरोना संक्रमनको हटस्पट बनेको छ । परिक्षण दायरा बढेसँगै पर्सामा ह्वतै संक्रमितको संख्या बढेको देखिएको छ । पर्साको पछिल्लो अपडेट अनुसार संक्रमितको संख्या ४ सय नजिक पुगेको छ भने हाल सम्म १३ जनाको ज्यान गईसकेको छ ।
कोरोना विशेष अस्पतालको शैयाहरु संक्रमित चापले भरिएको छ । पछिल्लो पटक आएका संक्रमितहरुलाई होम आइसुलेसनमा राखिएको छ । समुदाय स्तरमै फैलिएको कोरोनाबाट सुरक्षाकर्मी जनप्रतिनिधि,स्वास्थ्यकर्मी देखि लिएर पत्रकार तथा आम सर्वसधारण सबै धमाधाम संक्रमित भइरहेको छ । वीरगन्ज कारागारमा समेत कोरोना छिरी सकेको छ ।
पर्साको वीरगन्ज महानरपालिकामा सबै भन्दा संक्रमितहरु देखिएका छन् । पछिल्लो पटक परिक्षणको दायरामा आएका तथा अस्पतालको सम्पर्कमा आएका संक्रमितहरुमा कोरोनाको लक्षण समेत देखिएको छ । त्यस कारण वीरगन्जका विज्ञहरु चिन्तित भएका छन् । अचानक संक्रमितको संख्यामा आएको उछालसँगै पर्सामा त्रास फैलिएको छ ।
अर्को तर्फ एकले अर्का माथी आरोप प्रत्यारोप समेत लगाउन थालेको छ । जुन सुरु देखि नै वीरगन्जमा देखिएको थियो । स्थानिय प्रशासन,सरकार तथा राजनितिक दलका प्रतिनिधिहरु बिच तालमेलको कमी रहेको सुरु देखि नै पर्सेली जनताले महशुस गरेको छन् । नेपाली समाजको पुरानो चलन कोरोनामा पनि देखिएको छ । पर्साको यस्तो अवस्था सृजना हुनुमा को–को दोषी छन् । यसको सोधीखोजी हुनु पर्छ । तर अहिले बेला के गर्ने हो भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ । अहिले दोषारोपन भन्दा पनि सहकार्य र एकरुपताको जरुरीको छ । कोरोना शक्तिशाली भाइरस रहेको कारण सबै जना मिलेर मात्र कोरोनालाई कावु गर्न सकिन्छ । एकतामै बल हुन्छ भने कुरा प्रमाण नेपाली जनताले दिनु पर्ने बेला आएको छ ।
विश्व शक्ति राष्ट्रहरु विशेष सुविधा सहित कोरोना नियन्त्रण गर्न नसकी रहेको बेलामा हाम्रो सानो लापरवाही ठूलो दुर्घटना हुन सक्छ । पर्सामा थप मानविय क्षती हुन दिनको लागि के के काम गर्नु पर्छ । सर्व प्रथम त्यसमा जोड दिनु पर्ने समय छ । सर्व पक्षिय सहमती गरी अगाडी वढनु पर्ने वेला रहेको छ । त्यसमा आम जनताले सकारात्मक भुमिका खेल्नु पर्छ । कसले के ग¥र्यो गरेन टिक्का टिप्पणीमा समय खेर फाल्ने समय यो होइन् । तत्काल पर्सालाई कोरोना संकट ग्रष्ट क्षेत्र घोषणा गरी केन्द्रबाट विज्ञ सहितको टोली, आवश्यक औषधी उपचार,वन्दोवस्तीका समाग्री तथा भेन्टिलेटरहरुको व्यवस्था गर्नु पर्छ । मर्नेहरुमा प्राय अक्सिजनकै कमी हुने देखिएको हुदा कम्तीमा भेन्टिलेटर चाहिएको विरामीहरुलाई वीरगन्जमै भेन्टिलेटर उपलब्ध गराउनु पर्ने व्यवस्थापन राज्यले मिलाउनु पर्छ ।
पर्सा ठप्प हुनु भनेको देश नै ठप्प हुनु सहर हुने भएको हुदा केन्द्र र प्रदेश पनि यसमा गम्भीर हुन जरुरी छ । लामो समय सम्म पर्सा ठप्प भयो भने देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने कुराको सबैले हेक्का राख्न जरुरी छ । पर्सामा कोरोनाको कहर देखिएसँगै राजस्व संकलन अयात निर्यात लगायतका सबै काम ठप्प हुन सक्छ । देशकै ठूलो वीरगन्ज–पथलैंया औद्योगिक करिडोर ठप्प भयो भने देशको उत्पादन क्षमतामा ग्रहन लाग्न सक्छ ।
अतः सबैको सहमती लिएर मिलमिलापका साथ स्थानिय प्रशासनलाई अगाडी बढन जरुरी छ । महामारी नियन्त्रणको पाटो संघीय सरकारको रहेको कारण अब वीरगन्जमा संघिय सरकारको बलियो उपस्थिती अपरिहार्य भइसकेको छ । सबै पक्ष आ–आफ्नो जिम्मेवारी ईमान्दारीका साथ निर्वाह गर्नु पर्छ । जनताहरुले सरकारले तथा स्थानिय प्रशासनले गरेको अपिलको अनिर्वाय रुपमा पालना गर्नु पर्ने देखिन्छ ।
परिक्षणको दायरा बढेको छ । संक्रमित बढनु स्वभाविक हो । त्यसैले आत्तिनु नपर्ने बिज्ञहरुले पनि बताईसकेका छन् । तर सवधानी भने अनिर्वाय अपनाउनु पर्छ । अनि मात्र निति निर्माताहरु तथा कार्यवन्य गर्ने जिम्मेवार निकायहरुले कोरोनालाई काबु गर्न सक्छ । अतः एक अर्काको टिक्का टिप्पणी छोडेर कोरोना नियन्त्रणमा सबै पर्सेली जनता तथा देशवासी एकमत भएर जुटनु पर्छ । नत्र कोरोना नियन्त्रण सहज नहुन सक्छ ।
लेखक : मनोज पटेल




