ओली – प्रचण्ड टकराव बेमौसमी बाजा

spot_img

सम्पादकिय – देशमा कोरोना संकट गरिदै गइरहेको अवस्था छ । कोरोनाको कालो बादल झन झन बिकराल रुप लिदैछ । कोरोना नियन्त्रणको लागि हाल सम्म कुनै अचुक औषधी अथवा खोप पत्ता नलागि सकेका कारण विश्व स्वास्थ्य संगठनले निर्धाण गरेको प्रोटोकल कल अनुसार अथवा उसले जारी गरेको निर्देशन अनुसार अगाडी बढन एक मात्र विकल्प विश्व सामु छ । विज्ञहरुको राय सल्लाह तथा सुझाव अनुसार नै विश्वमा अहिले कोरोना नियन्त्रणको प्रयासहरु चली रहेको छ ।
कोरोनाको औषधी नभएको कारण यसबाट बच्नु सबै भन्दा उत्तम बिकल्प रहेको विज्ञहरुले औल्याएका छन् ।

विज्ञहरुको सल्लाह अनुसार अगाडी बढेर केहि देशहरुले कोरोना महामारीलाई नियन्त्रण पनि गरेका छन् । ती देशहरुले सर्वपक्षिय सहमती तथा विज्ञहरुको निर्देशन अनुसार अघि बढेर नै कोरोना महामारी नियन्त्रण गरेको देखिन्छ । तर नेपालमा हरेक काममा बिरोध गर्ने परिपाटी हावी रहदै आएको छ । जसबाट कोरोना पनि अछुतो रहन सकेन् । सहि समयमा सरकारले सहि कदम नचालेको हुन सक्छ । त्यो छुटै पाटो हो । तर केवल बिरोध गरेर मात्र कोरोना नियन्त्रण सम्भव छैन् । जस्तो सुकै भए पनि हाम्रा सरकारी समयन्त्रहरुलाई पूर्ण रुपमा प्रयोग गर्न जरुरी छ ।

तल देखि माथी सम्म सबै निकाय, तह–तपका, राजनितिक दल,सरकारी निकाय तथा राष्ट्र सेवक कर्मचारी होस अथवा आम सर्वसधारण नेपाली जनता यति खेर जन जनमा एकरुपता र सहकार्य जरुरी छ । हुन त निति निर्माता तथा सरकारका बागडोर सम्हालेकाहरुले जनभवना अनुसार काम गर्न नसके पछि बिरोध हुनु स्वाभिक पनि हो । तर संकटको घरीमा पक्ष बिपक्षको खेमामा उभिएर समस्या समाधान नहुने कुरामा कसैको दुई मत हुन सक्दैन् ।

कोरोना संक्रमितको तथ्याङ्क दिन प्रति दिन बढी रहेको छ । देश मानविय क्षती व्यहोर्न बाध्य बनी रहेको छ । तर भएकै स्रोत साधण सिथिल अवस्था रहेको देखिन्छ । सत्ताधारी दल,बिपक्षी पार्टी तथा देशका अन्य राजनितिक दल आफ्नै दलिय राजनितिकमा व्यवस्थ भइरहेको जनताहरुले महशुस गरेका छन् । सबै शक्ति एकिकृत गरेर कोरोनालाई धक्का दिनु सट्टा यसरी अलग अलग ध्रुवमा हिडनुको कुनै अर्थ नरहेको बिज्ञहरुले बताइसकेका छन् । जनताको जिवधनको सुरक्षा गर्न नसकिए राजनितिक गर्नुको कुनै अर्थ छैन् । यसमा सबै भन्दा महत्वपूर्ण भुमिका सत्ताधारी पार्टीको हुन जान्छ । जनताको सुख दुःखमा सँगै रहने र साथमै हिडने कसम उसले खाएको छ ।

इतिहास साँक्षी छ नेपालले धेरै माहामारीलाई जितेको छ । कोरोनालाई पनि जित्ने छ । तर हिन मानसिकताले कोरोना नियन्त्रण सम्भव छैन् । सबैे पक्ष बिच तालमेल र सहकार्य जरुरी छ । बिज्ञहरुको निर्देशनको पालना गर्नु सबै पक्षको कर्तव्य हो । होइन भने नेपालले ठूलो क्षती व्यहोर्नु पर्छ । कोरोनाबाट नेपालमा हुने क्षतीको सबै भन्दा ठूलो जिम्मेवारी नेकपा र नेपाली काँग्रेसले लिनु पर्छ । सत्ताधारी पार्टी र दोस्रो ठूलो जनमत प्राप्त पार्टी हुन यी दुई पार्टी । त्यसको लेखाजोखा पछि हुन्छ । अहिले भने त्यसको हिसाव किताव गर्ने बेला होइन् ।

दुनियाँको सरकारले सबै भन्दा माथी जनताको जिवधनको सुरक्षा राखेको छ । सबै कुरा जनता कै हो र जनता कै लागि गर्नु छ । सरकार यो कुरामा अडिक रहनु पर्छ । जस्तो सुकै क्षती भए पनि हामी रिकभर गर्न सक्छौ । तर मृत जनतालाई जिवित कहिल्यै गर्न सक्दैनौं । त्यसकारणक ओली–प्रचण्ड बिच चली रहेको मन मुटाउ बेमौसमी बाजा हो । काग्रेस भित्र चली रहेको सभापतीको दौड धुुप गैर बिपक्षी दलको चरित्र हो ।

जनतालाई बचाउन छाडेर देशका ठूला पार्टी तथा नेताहरु नै बेमौसमी बाजा बजाउँदैछ । यसबाट समस्याको निकास सम्भव छैन् । अहिले देशलाई सर्वपक्षिय सहमती चाहिएको छ । सत्ताको राजनिति होइन् । मेलमिलापको निति चाहिएको छ । फुुटको राजनितिक होइन् ।

२१ औं सदीको महान नेपाली जनतालाई कसैले मुर्ख ठान्ने भुल नगरे हुन्छ । राजालाई रैती र रैतीलाई राजा बनाउने यही नेपाली हो । यसको हेक्का सबैले राख्न जरुरी छ । अतः बेमौसमी बाजा बजाउन छोडेर मेलमिलापबाटै कोरोनालाई जिऔं । अहिले नै अहिले नेपाली जनताको चितकार छ । कोरोनाबाट नेपाली जनतालाई छिटै उन्मुक्ति चाहिएको छ । संकटको घरीमा जुटेर देशलाई सहि दिशा दिन सकिन्छ । अन्य काम पछि पनि गर्न सकिन्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय