20 C
Kathmandu
24.9 C
Birgunj

अटेरी जनता, लाचार सरकार

  • 26
    Shares

सिफारिस

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

यस्तो छ शंकर ग्रुपको श्रृंखलाबद्ध ठगीधन्दा, जगदम्बा अब रहेन ‘देशको मेरुदण्ड’

काठमाडौं, १० असोज - ‘देशको मेरुदण्ड’ भनेर विज्ञापन गर्दै आएको शंकर ग्रुपको जगदम्बा स्टिलका डण्डीको कमजोरी पर्दाफास भइसकेको छ । सबैको मुख–मुखमा झुण्डिने गरी...

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु...

बीरगन्ज । देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ह्वातै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २१ हजार ७५० जना संक्रमित भएका छन् । ती मध्ये १५ हजार ३८९ जना उपचारपछि निको भएर घर फर्केका छन् । हालसम्म ६५ जनाको ज्यान गइसकेको छ ।

- Advertisement -
    

पछिल्लो समय नेता, प्रहरीका उच्च अधिकारी, सेना, तथा सरकारी कर्मचारीहरुमा संक्रमण देखिन थालेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना बिहीबार कोरोना पुष्टि भएको छ ।

- Advertisement -
    

प्रदेश १ र प्रदेश २, कोरोना संक्रमणबाट बढी प्रभावित छ । प्रदेश १ को विराटनगर र प्रदेश २ को वीरगंजको अवस्था डरलाग्दो छ । यहाँ समुदायस्तरमा संक्रमण फैलिएको बताइएको छ । वीरगंजमा नेता, जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायत सबैमा संक्रमण देखिएको छ ।

भारतसँग खुला सीमानाका भएका कारण हाल यहाँको अवस्था जटिल देखिएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मुलुकै आर्थिक राजधानी वीरगंज यतिबेला कोरोना संक्रमणले थला परेको छ ।
उता, काठमाडौं उपत्यका पनि संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरुले आंैल्याएका छन् । चैत १ गतेबाट लागु भएको लकडाउन खुलेसँगै बाहिराबाट उपत्यका भित्रिनेको संख्या बढेको छ । जसका कारण कोरोनाको जोखिम पनि उत्तिकै बढेको विज्ञहरु बताउँछन् ।

अहिले उपत्यकामा संक्रमित हुनेको संख्या पनि दिनहुँ बढिरहेको छ । सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्ने बताएपनि त्यसो हुन सकिरहेको छैन । मानिसहरु सजिलै ओहोरदोहोर गरिरहेका छन् । अर्काेतिर संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले जोखिम बढ्न सक्ने देखिएको छ । उपत्यकामा ८ संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् । उनीहरुको अत्तोपत्तो छैन ।

बजारहरु खुलेका छन् । भिडभाड उस्तै छ । मास्क समेत नलगाएर मानिसहरु निस्फिक्रि घुमिरहेका छन् । सार्वजनिक गाडीहरुमा पनि समस्या उस्तै छ । कसैलाई मतलब छैन । कोचिएर बसेका छन् ।

बाध्यता आआफ्नो ठाउँमा होला । तर सामान्य स्वास्थ्य सावधानि त अपनाउनु पर्यो नि ।

भौतिक दुरी कायम गर्ने, मुखमा मास्क लगाउने, साबुन पानीले राम्रोसँग मिचिमिचि हात धुने र स्यानिटाइजर लगाउनु पर्ने जस्ता सामान्य कुराको पनि अधिकांश मानिसले पालना गरेको पाइदैन ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र स्वास्थ्य मन्त्रालयको प्रोटोकल कमै मात्रामा पालना भएको पाइन्छ । सरकारले तत्काल नखोल्नु भनेका सैलुङ, जिम हल जस्ता मानिसहरु भिडभाड हुने ठाउँहरु पनि जबरजस्ती खोलेका छन् । यसबारे सरकारले अनुगमन समेत गर्न सकेको छैन । कारवाहीको त के कुरा गर्नु । सरकारलाई राजश्व उठाउने हतारो मात्र छ ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले पटक्कै केही नगरेको पनि हैन । हालको परिस्थिती र आवश्यकता अनुसार जति गर्नु पर्ने हो त्यसमा सरकार चुकेको छ । आफैले बनाएको नीति नियम कार्यान्वयन भएको छ कि छैन भन्ने सरकारलाई थाहा समेत छैन । ऊ सिंहदरबामा बसेर आदेश दिइरहेको छ । यति काम गर्यौं भनेर आत्मरतिमा रमाइरहेको छ । जनताको ज्यान बचाउन लागिपरेका छौं भन्छ तर व्यवहारतः परिणाम देखिएको छैन ।

जुन सरकार एक घर एक व्यक्ति पीसीआर परीक्षण गर्न सकिरहेको छ्रैन । झन अहिले त एक व्यक्ति एक पीसीआर परीक्षण गर्नुपर्ने अवस्था आइसकेको छ । सीमा–नाकामा हुने अनावश्यक ओहोरदोहोरलाई रोक्न सकिरहेको छैन । देशभित्रैको अनावश्यक भिडभाडलाई नियन्त्रण गर्न सकिरहेको छैन ।

आफैले बनाएको नीति नियमसम्म पालना भए–नभएको अनुगमन समेत गर्न नसक्ने सरकारबाट कसरी नागरिक विश्वस्त हुने ? अहिलेसम्म त संक्रमण सरकारको नियन्त्रणमा नै छ भनिएको छ । यदी नियन्त्रण बाहिर गए अवस्था के होला ? त्यतिबेला कोरोनाले न सरकार चिन्छ न सामान्य नागरिक नै । यसबारे सरकारको बेलैमा ध्यान पुगोस् ।

- Advertisement -

ताजा समाचार

असहाय संरक्षण मञ्च द्वारा पुन १०१ विपन्नलाई खाद्यन्न सामाग्री वितरण

जनकपुरधाम, असोज १० गते । जनकपुरधाम :जनकपुरधाम असहाय संरक्षण मञ्च द्वारा शनिवार पुन सामाजिक दुरी कायम गरी विपन्न तथा गरिबलाई राहत वितरण गरेको छ । जनक...

मनसुन शुरु भएयता प्राकृतिक विपत्तिबाट गण्डकीमा १२६ जनाको मृत्यु

यो वर्ष मनसुन शुरु भएयता बाढी, पहिरो र चट्याङले गण्डकी प्रदेशलाई नराम्ररी प्रभावित बनाएको छ । नेपालमा गत जेठ २७ गतेदेखि मनसुन शुरु भएको छ...

रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बीरगन्ज, १० असाेज । रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको क्लबको चौथो...

मकवानपुरमा विभिन्न घटनामा शनिबार ७ जनाको मृत्यु

मकवानपुरमा विभिन्न घटनामा शनिबार सात जनाको मृत्यु भएको छ । आज हेटौंडा ९ का ७४ वर्षीय वृद्धको कोरोनाका कारण ज्यान गएको छ भने...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

थप समाचार

- Advertisement -