बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

spot_img

काठमाडौँ । अघिल्लो दिनको भन्दा ९ सय रुपैयाँ बढेर सुनको मूल्य आज प्रतितोला ९८ हजार ४ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गतसाता क्रमिक रुपमा घट्न थालेको सुनको मूल्य दुई दिनयता बढ्न थालेको छ । यसअघि सोमबार प्रतितोलामा ३ सय रुपैयाँले बढेर तोलाको ९७ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ । सोमबार तोलामा २५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय